Loading...
रौतहटमा कोरोनाबाट ८६ जनाको मृत्यु, २३८ जना भए निको, कुल संक्रमित १०३२ ।

ओम प्रकाश यादव
जेठ १२ गते, रौतहट ।
रौतहटमा कोरोना संक्रमणका कारण अहिलेसम्म ८६ जनाले ज्यान गुमाएको छ ।
नयाँ भेरियण्टको दोश्रो लहरको कोरोना शुरुभएदेखी अहिलेसम्म कोरोना संक्रमणबाट रौतहटमा मृत्यु हुनेको संख्या ८६ पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
कोरोना संक्रमणबाट आज मात्र रौतहटमा एक र जिल्ला बाहिर ५ जना गरी ६ जनाको मृत्यु भएको छ । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८६ पुगेको जिल्ला प्रशासन कार्यालय गौरको सुचनामा उल्लेख रहेको छ ।
त्यस्तै जिल्लामा आज मात्र २६ जना कोरोना संक्रमित थपिएका छन । यो संगै जिल्लामा कुल सक्रिय संक्रमितको संख्या ७ सय ४८ पुगेको छ भने कुल संक्रमितको संख्या एक हजार ३२ पुगेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव द्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।
त्यस्तै जिल्लामा अहिलेसम्म कोरोनाबाट २३८ जना निको भइसकेको छ । ७ सय १७ जना होमआइसोलेसनमा उपचार गराइरहेका छन भने २७ जना साधारण उपचारको क्रममा आफनै घरमा रहेको बताइएको छ । ४ जना जिल्ला बाहिर उपचार गराइरहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *