Loading...
यी जनजाति-मधेशी सांसदले छाडे उपेन्द्रको साथ, भने-उपेन्द्रलाई मधेशको माग भन्दा सत्ता प्यारो

जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका केही सांसद तथा नेता महन्थ ठाकुर–राजेन्द्र महतो पक्षमा पुगेका छन् । ५ सांसद ठाकुर पक्षमा पुगेपछि उपेन्द्र यादव पक्षका १२ जना सांसदले मात्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै हस्ताक्षर गरेका थिए। पाँच सांसदले कित्ता परिवर्तन गर्नुको प्रमुख कारण मधेश को माग सम्बोधन गराउन मा उपेन्द्र चुकेको भनेका छन् । महन्थ ठाकुर–राजेन्द्र महतो पक्षमा पुग्ने सांसदमा उमाशंकर अरगरिया, विमल श्रीवास्तव, रुही नाथ, कल्लुदेवी विश्वकर्मा र रेणुका गुरुङ छन् । सांसद बिमल श्रीवास्तवले उपेन्द्र यादबलाइ मधेश र मधेशीको माग भन्दा सत्ता प्यारो भएको आरोप समेत लगाउनु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *