Loading...
सांसदहरु महन्थ तिर लागेपछि उपेन्द्र तनाबमा, कार्यकारिणीको मूल्य तोक्यो, पर सदस्य कति ?

जनता समाजवादी पार्टीमा आधिकारिकताको लागि कार्यकारिणी समितिका सदस्यहरुको खरिद बिक्री शुरु भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादब लाइ ३ दिने स्पस्टिकरण सोधेपछि कार्यकारिणी समितिको खरिद प्रक्रिया अर्का अध्यक्ष उपेन्द्र यादब र डा बाबुराम भट्टराईले सुरु गरेका छन् । उक्त समूहले एमालेका केही नेता र जसपाकै दोस्रो तहका केही नेतालाई कार्यकारिणी सदस्य खरिद गर्ने जिम्मेवारी दिँदै प्रति सदस्य ५० लाख मुल्य निर्धारण गरेको यादव निकट एक नेताले बताएका छन् । नाम नखुलाउने सर्तमा उहाले भन्नु भयो -पार्टीको विधान अनुरुप कार्यकारिणी समिति नै सबै भन्दा शक्तिशाली भएको हुनाले त्यसमा बहुमत पुर्याउन अध्यक्ष यादबले शाम दाम दण्ड भेद सबै लगाउनु भएको छ । हामी कुनै कसर बाँकी राख्ने छैनौ । उहाले भन्नु भयो – बहुमत सांसद महन्थ तिर गएको हुनाले यादब तनाब मा छन् ।

महन्थ ठाकुरले पार्टीको विधान अनुरुप कारवाहीको डण्डा चलाएपछि पार्टी र पद दुबै जाने डरले उपेन्द्र बाबुरामले अन्तिम अस्त्रको रुपमा कार्यकारिणी सदस्य खरिद गर्ने प्रयास शुरु गरेका हुन् । प्रचण्ड र देउवाको सरकार बने मन्त्रि का साथै ५०–५० लाख नगद नै दिएर भएपनि कार्यकारिणी सदस्य किन बेच सुरु भएको छ ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *