Loading...
प्रदेश २ मा कमिशन खोर सरकार : स्वास्थ्य संग खेलवाड ! गुणस्तरहीन स्यानिटाइजर बाँड्दै

प्रदेश २ सरकारले गुणस्तरहीन स्यानिटाइजर पत्रकारलाई वितरण गरेको खुलेको छ । प्रदेश सरकारले नेपाल पत्रकार महासंघसँग आवद्ध प्रदेशभरीका ८ सय पत्रकारलाई स्वास्थ्य समाग्री वितरण गरिँदैछ । सो स्वस्थ्य सामग्रीमध्येका स्यानिटाइजर गुणस्तरहीन रहेको छ । आरसीपी इन्डस्ट्रिज पर्साद्वारा उत्पादित स्यानिटाइजरललाई औषधि विभागले विक्री वितरणमा रोक लगाएपनि प्रदेश सरकारले पत्रकारलाई वितरण गरिरहेको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले पत्रकार महासंघ प्रदेश कमिटीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

धनुषाका एक पत्रकारका अनुसार मास्क र स्यानिटाइजर गुणस्तरहीन रहेको छ । कमिशनका कारण सस्तो पर्ने गुणस्तरहीन स्वास्थ्य सामग्री प्रदेश सरकारले वितरण गरिरहेको पत्रकारहरुको गुनासो छ । स्वास्थ्य सामग्रीमा एउटा मात्र ग्लोब्स दिएको छ, जुन ग्लोब्स पनि गुणस्तरहीन रहेको छ । केहि मास्क र फेस सिल्ड पनि उक्त प्याकेजमा छ । तर ति सामग्री पनि गुणस्तरीय छैन ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *