Loading...
केपी ओली संग चुनाब हार्ने हो कि भन्दै ५ दल मिलेर चुनाब लड्ने विपक्षी गठबन्धनको निर्णय

जेठ १३, काठमाडौँ : विपक्षी पाँच दलले संविधान र लोकतन्त्र दिगो रहने बलियो आधार निर्माण नहुँदासम्म गठबन्धनलाई निरन्तरता दिने भएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी(जसपा)को अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा लोकतन्त्र र संविधानको सुनिश्चितताका लागि लामो समयसम्मै गठबन्धन गर्ने निष्कर्षमा पुगेका हुन् । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा दाहाल र नेपालले गठबन्धन लामो समयसम्म राख्‍ने प्रस्ताव गरेका थिए । त्यो प्रस्तावमा यादव र पौडेलले समर्थन जनाए । देउवाले मुन्टो मात्र हल्लाए ।

सभापति देउवाले बिहान बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा गठबन्धन लामो समयसम्म राख्‍ने प्रस्ताव जानकारी गराएका छन् । सर्वोच्च अदालतमा परेको रिट टुंगिने बेलासम्म मात्रै होइन, संविधान र लोकतन्त्र संस्थागत नहुँदासम्म गठबन्धन जारी राख्‍ने र आगामी निर्वाचनमा पनि गठबन्धन बनाएर जाने प्रस्ताव पाँच दलका शीर्ष नेताको बैठकमा आएको जानकारी सभाापतिले बैठकमा गराउनु भयो,’ बैठकमा सहभागी एक नेताले भने, ‘नेताहरूले संविधान र लोकतन्त्र दिगो बनाउन गठबन्धन बनाउने विषयमा एक स्वरले समर्थन जनाउनु भयो ।’

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले लोकतन्त्र र संविधानको सुनिश्चितताका लागि लामो समयसँग गठबन्धन गर्ने विषयमा विपक्षीबीच छलफल भइरहेको बताए । मुख्यगरी कांग्रेसभन्दा पनि माओवादी, एमालेको नेपाल समूह र जसपाको यादव समूह कम्तिमा एउटा निर्वाचनसम्म गठबन्धन बनाउनु पर्ने पक्षमा छन् । त्यसै गरि बैठक मा सहभागी राम सहाय यादब ले यो गठबन्धन लामो समय सम्म रहने र यहि गठबन्धन का दल हरु मिलेर चुनाब लड्ने एक प्रकार को सहमति भएको बताउनु भएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *