Loading...
बिरगंज फेरी तात्यो ! भीम रावलको पुत्ला दहन, मधेश पस्न रावललाइ मधेशीको चुनौती

नागरिकता अध्यादेशको विरोधका नाममा पूर्वमन्त्री भीम रावलले मधेसी जनताको भावनासँग खेलवाड गरी होच्याएपछि आक्रोशित मधेसी युवाहरुले वीरगंजमै पुत्ला जलाएका छन्। आक्रोशित युवाहरुले रावललाई मधेस पस्न नदिने घोषणा समेत गरेका छन् ।

युवा नेता अमिताभ बचन दासको नेतृत्वमा रहेका युवाहरुले नेता रावलको पुत्ला दहन गरेका हुन् । नेता अमिताभ भने, ‘नेपालको संविधानको भाग २ को धारा १० (१) मा ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन ।’ भन्ने स्पष्ट संवैधानिक व्यवस्थाको वावजुद पनि नागरिकता प्राप्त गर्न योग्य आफ्नै देशका लाखौं-लाख युवा-युवतीहरुलाई विभिन्न वहाना र जालझेलको आडमा अनागरिक बनाईं राख्ने षड्यंत्र विफल पार्न आएको नागरिकता अध्यादेशको विरोध गर्नेहरु मधेश विरोधी हुन् ।’

नेता दासले भन्नु भयो -“नेपाली नागरिकता प्राप्त नागरिकका सन्तानलाई नागरिकता दिने उद्देश्यले आएको अध्यादेशलाई अनुचित ढंगबाट विवादित एवं बदनाम गराउन तराई-मधेशमा नागरिकताको पसल खुल्यो, सिक्किमीकरण र फिजिकरण हुने भयो भनेर अर्नगल दुष्प्रचारको हर्कत राष्ट्रवाद होकी देश र जनतप्रतिको घात सबैले समयमैं बुझ्न जरूरी रहेको छ ।”

अध्यादेशबारे भ्रमपूर्ण कुरा गरेर रावलले सम्प्रदायिकता भडकाउन खोजेको उनीहरुको आरोप छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *