
सर्बोच्च अदालतले के फैसला गर्छ, कसको पक्षमा फैसला गर्छ त्यो त गर्न बाकि छ । तर अहिले जानकारहरु र सामाजिक संजालमा सहजै अनुमान लगाउन सक्ने हिसाब किताब अगाडी आएको छ । यो कुरा सबैलाइ थाहा भएकै हो कि माधब नेपाल पक्षले देउवालाइ समर्थन गर्न सक्दैन। किनभने पार्टी फुटिसकेको छैन । त्यसो भए के महन्थले केपिलाई समर्थन गर्न सक्छ ? महन्थले पनि समर्थन गर्न पाउदैन । किनभने जनता समाजबादी पार्टी पनि औपचारिक रुपमा फुटेको छैन । तर माधब र महन्थ को मुद्धा भने फरक रहेको छ । माधबको पक्षमा बहुमत छैन भने महन्थको पक्षमा बहुमत रहेको छ। आवश्यक परे पार्टी फुट्न सक्छ । जसपा को ३२ मध्ये २० सांसद महन्थ ठाकुर संग रहेको छ । त्यसै गरि केन्द्रिय कारिणी सदस्य उपेन्द्र यादब कै भनाइ लाइ लिने हो भने महन्थको पक्षमा २३ जना रहेको छ । यो भनेको बहुमत हो। किनभने जसपा को केन्द्रिय कारिणी समिति मा ५१ जना रहेको छ । पार्टी फुटाउन ४०% आवश्यक पर्दछ । ४०% भनेको २० मात्र रहेको छ । यदि महन्थ र माधब ले दुवै पक्षलाइ समर्थन नगरे पनि प्रधानमन्त्री केपी ओली लाइ नै निरन्तरता दिन सक्ने कानूनविदहरुको भनाइ रहेको छ । यस्तो छ अंक गणित
एमाले १२१-२३=९८ सिट
जसपा ३२-१२=२० सिट
जम्मा- ११८
काँग्रेस- ६१ सिट
माओबादी- ४९ सिट
जनमोचा- १ सिट
जम्मा-१११
नयाँ सरकार बनाउन चाइने सिट-११५
अन्तत्व प्रधानमन्त्री केपी ओली नै रहने संकेत।
Facebook Comments