Loading...
प्रदेश २ का फेल सरकारलाइ धक्का, महतोले अक्सिजन व्यवस्थापनका लागि दिए ८० लाख

कोरोना नियन्त्र गर्न असफल प्रदेश २ सरकार लाइ जोडदार धक्का लागेको छ । त्यहा निषेधाज्ञा मा आवत जावत मा कमि आएको छैन। दिनाहुदीन नेताहरुको पुतला दहन भैरहेको छ । यता जनता समाजबादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो संसदीय कोषबाट ८० लाख रुपैया करोनाको महामारी लाई मध्य नजर गर्दै धनुषा जिल्लामा कोविड-१९ नियन्त्रण तथा अक्सिजन व्यवस्थापनको लागि प्रदान गर्नुभएको छ ।
धनुषा निर्वाचन क्षेत्र नं.३ मिथिला आयुर्वेदिक रिसर्च सेन्टर,गंगुलीमा अस्थायी १५ सैयाको Covid Hospital संचालन गर्न रू २० लाख नगराईन नगरपालिका कोषमा दिनुभएको छ ।
अक्सिजनको अभावले कसैको अकालमै ज्यान गुमाउनु नपरोस् भन्दै जनकपुरधाम उपमहानगरपालिकालाई अक्सिजन खरिद गरी क्लोथ बैंक द्वारा संचालित अक्सिजन बैंक लाई हस्तान्तरण गर्न रु.१० लाख दिनुभएको छ ।
साथै जनकपुरधाम उपमहानगरपालिकामा कोविड-१९ को जोखिम बढिरहेकोले कोविड-१९ रोकथाम तथा नियन्त्रणको लागि जनकपुरधाम उपमहानगरपालिका द्वारा संचालित जोखिम न्युनीकरण तथा विपद व्यवस्थापन कोषमा रु.५० लाख दिनुभएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *