Loading...
प्रदेश २ मा कमिशन तन्त्र : ८ महिना देखि किनेको बस थन्किएको अबस्थामा फेरी किने दमकल

१४ जेठ, जनकपुरधाम । आठ महिना अगाडी किनेको बस चलाउन असमर्थ प्रदेश २ सरकारले ९ वटा बारुण यन्त्र (दमकल) किनेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले ९ वटा दमकल खरिद गरेको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले यसअघि ५ वटा बस किनेको थियो । उक्त बसहरु किनेको ८ महिना बितिसक्दा सम्म संचालन मा आएको छैन।

किन्ने र थन्काउने मात्र खेल हुँदा प्रदेश सरकार कमिशनमा लागेको भनेर ब्यापक आलोचना भैरहेको छ । एउटा दमकलको मूल्य झण्डै ५३ लाख रुपैयाँ परेको छ भने खरिद गरिएका दमकल जिल्लाका प्रशासन कार्यालयलाई उपलब्ध गराइनेछ । खरिद गरिएका दमकल बिहीबार अस्थायी राजधानी जनकपुरधाम पुगिसकेका छन् । यद्यपि कोरोनाकालको समयमा स्वास्थ्य सामग्री खरिद गर्नुपर्नेमा बारुण यन्त्र खरिद गरिएकोमा प्रदेश सरकारको आलोचला हुन थालेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *