Loading...
महन्थलाइ निकाल्न बाबुरामलाइ किन हतार ? आफू बाहेकका नेताको भेडा-बाख्रा संग तुलना

सरोज खिलाडी

काठमाडौं, जेठ १७
आज भोलि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोलाई पार्टी छाडेर जान पटक पटक डा बाबुराम भट्टराईले भन्ने गरेका छन् । भित्र विवाद बढेका बेला संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले हात मिलाएर आ-आफ्नो बाटो लाग्नुपर्ने बताएका छन् । अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै सहयोग गरेर जानुपर्नेमा छ भने
पूर्वसमाजवादी पार्टी बाबुराम भट्टराई-उपेन्द्र यादव कांग्रेस सभापति शेर बहादुर देउवालाई सहयोग गर्नुपर्नेमा छन्।

अहिले केहि दिन यता पार्टीका संघिय परिषद अध्यक्ष डा बाबुराम भट्टराइ ले विभिन्न मिडिया हरुमा महन्थ र राजेन्द्र लाइ पटक पटक पार्टी छ्डेर जान भनि रहेका छन्। उनले ट्वीट गर्दै भनेका छन् -“अत: मान्छे तानातान र किनबेचको तमासा नगरौं ! भेडाभेडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ ! हात मिलाएर आ-आफ्नो बाटो लागौं ! हिडिरहे फेरि भेट हुनेछ !’ आखिर मा बाबुराम मिलाउन तिर पहल नगरेर किन हिड्न भनिरहेका छन् ।

यस्तो छ कारण

उपेन्द्र यादब मधेशको आफू एक्कल नेता भएको ठान्छन । उनि पहाडी समुदायका नेताहरुको जति आदर गर्छन मधेशकालाइ गर्दैनन् । मधेश र मधेशी नेता कसैलाई नगन्ने बानिले उनको पार्टी खास गरेर मधेशी नेताहरु निस्किने र फुट्ने गरेको छ । तर पहाड बाट आएका न त अशोक राइको टिम संग बिबाद भयो न त बाबुराम संग । त्यसको कारण हो पहाडी समुदायका नेताहरुलाई हेर्ने दृष्टिकोण फरक । तर पछिल्लो समय पूर्बका राजपा-समाजबादीमा मिलेर जसपा बनेपछि त्यहा मधेशी नेता कार्यकर्ताहरुको बाहुल्य बढि छ । र पहाडी नेताहरु लोपोन्मुख भै रहेका छन् । उनीहरु आफ्नो मान (आदर) कम भैरहेको बुझन थालेपछि पहाडका नेताहरु महन्थहरुलाई छिटो पठाउन खोजि रहेका छन् ।

जनजाति नेताहरु बोल्न नचाहे पनि खस बाट प्रतिनिधित्व गर्ने बाबुरामहरु उनीहरुलाई छिटो निकाल्न चाहन्छन । यती मात्र होइन अधिकाश मुख्य मुख्य भात्री संगठन हरुमा पनि बाबुराम कै कब्जा छ । जसपा निकट प्रेस देखि प्रचार बिभाग सम्म र बिधार्थी देखि गैर भौगोलिक हुदै बौद्धिक माहासंग लगायत मा बाबुराम कै कब्जा छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *