Loading...
बाबुरामको ढल्किदो उमेरको ट्विट : कहिले गोरु त कहिले भेडा अब राष्ट्रपतिलाइ नै भने-“भिखारी”

डा बाबुराम भट्टराई ले आजभोली दिनाहुदीन ट्विट मा असभ्य शब्द हरुको प्रयोग गरेर चर्चा मा रहेका छ । महन्थ ठाकुर र राजेन्द्र महतो को कार्टून राखेर सम्पूर्ण मधेशीलाई गोरु संग तुलना गर्ने बाबुराम हिजो मात्र आफू सहित जनता समाजबादी पार्टीका समस्त नेता कार्यकर्ता लाइ भेडा बाख्रा भनेका थिए । त्यसपछि फेरी अर्को ट्विट मा राष्ट्रपति संग भिख माग्न लगाएको शब्द बाबुराम ले लेखेका छन् । भट्टराईले एक ट्विट गर्दै नेपाल जस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट खोप लिएर सबैलाई पुर्‍याइसक्दा हामी किन कुहिराको काग जस्तो भएको भन्दै प्रश्नसमेत गरेका छन् । उनले भनेका छन्, ‘कोरोनाविरुद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व हो । हामी जस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट लिएर सबैलाई पुर्‍याइसक्दा हामी किन कुहिराको काग जस्तो ? सरकार खुराफातमा मस्त हुने सेरेमोनियल रापलाई चाहिं भीख माग्न लगाउने ? खै लज्जाशरणम् ?’

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *