Loading...
२ अध्यक्षको झगडामा मख्ख तेस्रो अध्यक्ष ! पार्टी गरे कब्जा, मुख्य संगठनमा बाबुरामको बर्चश्व

जनता समाजवादी पार्टी जुन उद्देश्यका साथ स्थापना भएका थिए आज चकनाचुर भएको छ l जसपा निर्माण हुँदा दुईवटा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवलाई बनाइएपनि संघीय परिषदको अध्यक्ष भने पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बनाइएको थियो ।

उपेन्द्र यादब मधेशको आफू एक्कल नेता भएको ठान्छन । उनि पहाडी समुदायका नेताहरुको जति आदर गर्छन मधेशकालाइ गर्दैनन् । मधेश र मधेशी नेता कसैलाई नगन्ने बानिले उनको पार्टी खास गरेर मधेशी नेताहरु निस्किने र फुट्ने गरेको छ । तर पहाड बाट आएका न त अशोक राइको टिम संग बिबाद भयो न त बाबुराम संग । त्यसको कारण हो पहाडी समुदायका नेताहरुलाई हेर्ने दृष्टिकोण फरक । तर पछिल्लो समय पूर्बका राजपा-समाजबादीमा मिलेर जसपा बनेपछि त्यहा मधेशी नेता कार्यकर्ताहरुको बाहुल्य बढि छ । र पहाडी नेताहरु लोपोन्मुख भै रहेका छन् । उनीहरु आफ्नो मान (आदर) कम भैरहेको बुझन थालेपछि पहाडका नेताहरु महन्थहरुलाई छिटो पठाउन खोजि रहेका छन् ।

जनजाति नेताहरु बोल्न नचाहे पनि खस बाट प्रतिनिधित्व गर्ने बाबुरामहरु उनीहरुलाई छिटो निकाल्न चाहन्छन । यती मात्र होइन अधिकाश मुख्य मुख्य भात्री संगठन हरुमा पनि बाबुराम कै कब्जा छ । जसपा निकट प्रेस देखि प्रचार बिभाग सम्म र बिधार्थी देखि गैर भौगोलिक हुदै बौद्धिक माहासंग लगायत मा बाबुराम कै कब्जा छ ।

तर  डा. भट्टराई भने मधेश र मधेशी जनताको भावनाको कदर भने गर्न सकने । जुन आदिवासी, जनजाति, थारु, मुस्लिम लगायतको आशा र अपेक्षा थियो त्यसमा उनले जसपाका दुई अध्यक्ष ठाकुर र यादवलाई उभ्न दिएन । महन्थ ठाकुर मधेश आन्दोलनको क्रममा नेपाली काँग्रेसवाट तराई मधेश लोकतान्त्रिक पार्टी गठन गरेर आएका हुन भने डा. बाबुराम भट्टराई र उपेन्द्र यादवलाई माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले घोक्रयाएर पार्टीमा निश्कासन गरेका हुन । दुवै अलग अलग पार्टी बनाए । डा. भट्टराईले नयाँ शक्ति बनाए भने पहिलो मधेश अन्दोलनको क्रममा उपेन्द्रले मधेशी जनअधिकार फोरम, नेपाल मुनी आन्दोलनमा आएका थिए र उनकै नेतृत्वमा आन्दोलन हुने सवै आन्दोलनकारी एकमत भएका थिए ।

दुवै बामपन्थी धारका हुन भने ठाकुर भने प्रजातान्त्रिक धारका नेता हुन । आज पनि दुवैमा कम्युनिज्म कुटि कुटि भरेका छन् । दुवै आज प्रचण्ड संग मिलेर बामपन्थी शक्तिलाई बलियो बनाउने पक्षमा लागेका छन् ।

डा. भट्टराई प्रचण्डको हरियो झण्डाको प्रतिक्षामा थियो । प्रचण्ड र ओलीले पार्टी एकीकरण गरेपछि ओलीले प्रचण्डलाई बल्ल चिन्ह पाए र पार्टी वाटनै निष्कासित गरि दिए । तर, डा. भट्टराई र यादव दुवै जनालाई अहिले पनि प्रचण्ड प्रतिको मोह भने कम भएको छैन् ।
उपेन्द्र यादवलाई घरि घरि भडकाउने र कम्युनिष्टको पाठ पढाउने डा. भट्टराई नै पार्टी विभाजनको मुख्य योजनाकारको रुपमा रहेको जानकारहरु बताउँछन् । उनलेनै उपेन्द्र यादवलाई मधेशी जनताको भावनाको विपरीत दिसामा हिड्न र उपेन्द्र यादवलाई प्रचण्डलाई साथ दिन उस्काएको जानकारहरुको दावी छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *