सरोज “खिलाडी”
जनता समाजबादी पार्टीका पहिलो अध्यक्ष महन्थ ठाकुरले मधेश र मधेशीको मुद्धा सम्बोधन भैरहेको र केहि दिन पछि सबै माग पुरा हुने क्रममा रहेको बताउनु भएको छ । नगदमा माग पुरा गराउने अठोट लिएका अध्यक्ष ठाकुरले १२० भन्दा बढि मुद्धा फिर्ताका साथै नागरिकता बिद्धेयक ल्याउन लगाएर मधेशीको माग पुरा समेत गराई सक्नु भएको छ । ४३० कैदीलाइ सजाय माफ समेत रास्ट्रपति बाट भै सकेको छ । संघिय अनलाइन संग कुराकानी गर्दै अध्यक्ष ठाकुरले भन्नुभयो – “रेशम चौधरीको रिहाइ बाकि रहेको भएपनि प्रक्रिया अगाडी बढिसकेको छ ।” संघिय अनलाइनले तपाइँलाइ अर्का अध्यक्ष उपेन्द्र यादबले कारवाही गर्यो नि भनेर सोधेको प्रश्नको उत्तर दिदै अध्यक्ष ठाकुरले भन्नुभयो – त्यो त स्वाभाविक हो। जुन मान्छेले भजाएर खाने भाँडोको रुपमा बर्सौ देखि केहि मुद्धा बोकेका थिए त्यो मुद्धा नै मैले सम्बोधन गराई दिएपछि, कमाइ खाने भाँडो बन्द भैरहेको देखेर रिस त उठछ। त्यहि मुद्धाका नाममा उहाले (उपेन्द्र) ओली सरकारमा २ बर्ष मन्त्रि बस्नु भो। २३ देशमा भ्रमण गर्नु भयो र २ बर्षमा मन्त्रि बनुन्जेल सिन्को पनि भाच्नु भएन । मैले त्यो मुद्धा नै सम्बोधन गराई दिएपछि गैरकानूनी रुपमा रिसले कारवाही गर्नु भो हामीले पनि कारवाही गरेकी छौ ।
Facebook Comments