Loading...
प्रधानमन्त्री हुँदा केहि नगर्ने बाबुरामलाइ दरबार हत्याकाण्डको छानबिनको चिन्ता

२० जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघिय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दरबार हत्याकाण्डबारे छानबिन गर्नका लागि राष्ट्रिय सहमतिको आधारमा उच्चस्तरीय र निष्पक्ष छानबिन आयोग गठन गर्न प्रस्ताव गरेका छन् ।

भट्टराईले आज एक ट्वीट गर्दै राजा वीरेन्द्रको वंशनाश भएको नारायणहिटी हत्याकाण्डको २० वर्ष भइसक्दा पनि त्यसबारे सत्यतथ्य स्थापित हुन नसक्नु दुखद र लोकतान्त्रिक गणतन्त्रका निम्ति शोभनीय नरहेको बताएका छन् । उनले आयोग गठन गरी यो रहस्य सदाको निम्ति अन्त्य गर्न आग्रह गरेका छन् । उहाँ आफै पनि प्रधानमन्त्री भैसक्नु भएको छ । त्यति बेला केहि नगर्ने र अहिले आयोग गठनको कुरा नीकाल्नु हास्यास्पद भएको सामाजिक संजालमा धेरैले लेखेका छन् । अहिले डा. बाबुराम दिनहु यस्ता ट्विटहरु गर्दै आउनु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *