Loading...
प्रेस काउन्सिल अध्यक्षको नियुक्ति बिरोधमा मंचका अध्यक्षले गरे हस्ताक्षर दुरुपयोग (बिज्ञप्ति)

काठमाडौ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेतको नियुक्तिको ५ संगठनले बिरोध गरेको समाचार आइरहेकै बेलामा हस्ताक्षर दुरुपयोग भएको भन्दै प्रेस मञ्च नेपालले आपत्ति जनाएको छ । प्रेस मञ्च नेपालका महासचिव निमेष कर्णले एक विज्ञप्ति जारी गर्दै ५ वटा प्रेस संगठनका प्रतिनिधिले हस्ताक्षर गरेको भनिएको प्रेस विज्ञप्तिमाथी प्रेस मञ्च नेपालको ध्यानाकर्षण भएको जनाएका छन् । उक्त विज्ञप्तिमा प्रेस मञ्च नेपालका अध्यक्ष केशब अर्यालको हस्ताक्षर देख्दा हामी आश्चार्य चकित बनेका छौ विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा कर्णले लेखेका छन् देशभरीका संगठनमा आवद्ध सदस्यहरुका प्रतिनिधिहरुको अनुमतिमा त्यो हस्ताक्षर प्रेस मञ्च नेपालको आधिकारीक नभएको स्पष्ट पार्न चाहन्छु । बिज्ञप्ति अनुशार अध्यक्ष अर्याल मनोमानी गरि कसैलाई जानकारी नै नदिईकन राजनीतिक आडमा हस्ताक्षर गरेको बुझिएको छ ।

यसअघि प्रेस युनियन नेपाल, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल र प्रगतिशील पत्रकार संघ नेपालका केही अध्यक्ष र केही प्रतिनिधिले हस्ताक्षर गर्दै विरोध जनाएको विज्ञप्ति जारी गरेका थिए । पत्रकारहरुको सर्वोच्च निकाय प्रेस काउन्सिल नेपालमा नेपाल सरकारले चर्चित पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्त गरेको थियो । कामचलाउ बनिसकेको सरकारले दिर्घकालीन सरोकार राख्ने काम र नियुक्त गर्नु जायज हैन भन्दै उक्त विज्ञप्तिमा बस्नेतको नियुक्तिको बिरोध गरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *