Loading...
मधेशको माग सम्बोधनमा बाधा उपेन्द्रको कालो कर्तुत : आफ्नालाई कारवाही अरुसंग वाहवाही

सरोज “खिलाडी”

जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले जे जति मधेशको माग अगाडी सारे त्यसमा एउटा पनि माग सम्बोधन गराउन सकेन । मधेशमा आन्दोलन गराई राखे तर माग सम्बोधनमा ध्यान कहिले पनि दिएन । आन्दोलन गराई राखे तर सत्ता तिर भाग्दै गरे । दुइ बुंदे सम्झौता गरेर केपी शर्मा ओलीको सरकारमा झन्डै २ बर्ष मन्त्रि पडकाएर २३ देश भ्रमण गरेका यादव मधेशको मुदा आफ्नो राजनीति दाउमा लागेको बेला मात्र मधेश सम्झे ।

केपी ओलीले स्वास्थ्य बाट घटुवा गरि कानून मन्त्रि बनाउदा सम्म पनि सत्तामा टास्ने प्रवृतिले गर्दा सरकार छाडेनन । अन्तमा केपीले आफूलाइ कुनै पनि बेला मन्त्रिबाट निकाल्न सक्ने थाहा पाएपछि केपीको अगाडी देखावटी मधेशको मुद्दा सम्बोधनको लागि कुरा गर्ने बित्तिकै गेट लस्ट सुनेर फर्के । उनि मधेश र मधेशी भन्दा पनि व्यक्तिगत स्वार्थमा लिप्त नेता भएको समेत आफ्नै पार्टीका नेताहरुले स्विकार्ने गरेका छन् । त्यहि प्रवृतिले गर्दा गत बर्ष प्रदिप यादबका सहित ९ सासदहरु पार्टी फोरेर जान थालेका थिए । अन्तमा तत्कालिन राष्ट्रिय जनता पार्टी संग मिलेर मध्ये रातमा पार्टी एकता गरेका थिए ।

चुनाब जाँदा जनतालाइ अहिले मिलेर चुनाब लड्ने र पछि पार्टी एकता गर्ने वचन दिएका यादबले पार्टी फुटाएर जनताले दिएको मतलाइ लत्याई उनि संग पार्टी एकता गरे जसको विरुद्ध तत्कालिन एमाले र कांग्रेसको आन्दोलन गरे आज त्यहि पार्टी संग मिलेर सरकार समेत बनाएका छन् । मधेश आन्दोलनको एउटा बिर योद्धा जितेन्द्र सोनाल हुन् जसलाई उपेन्द्रको आदेशमा मन्त्रिबाट समेत निकालिएको छ । उनको पिडा भनेको मात्र पार्टीका अर्का पहिलो अध्यक्ष महन्थ ठाकुर हो । उहाले मधेशको धेरै माग सम्बोधन गराए पछि उपेन्द्र चिढिएका हुन् । किनभने यादब चाहन्न कि तत्काल अहिले नै माग सम्बोधन होस् ।

उनि त्यही मागको भरमा राजनीति गरि राख्ने सोच भएका नेता हुन् । त्यहि मधेशी पार्टी संग मिलेर पटक पटक आन्दोलन गरेका गरेका उपेन्द्र डा बाबुराम हावी भएपछी अहिले खसको भक्त बन्दै मधेश मा उत्थल पुथल गर्दै मधेशीको भावना संग खेलवाड गरिरहेका छन् । प्रश्न यो उठछ कि चुनाब भयो भने महन्थ ठाकुरले त मधेशको समस्या सामाधान गराए भन्लान उपेन्द्रले के भन्छ ? मधेशी जनतालाइ कि मैले मधेशी पार्टीलाई कारवाही गरेर कांग्रेस संग सत्ता साझेदारी गरेको छु ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *