Loading...
औसतभन्दा बढी वर्षा हुने भएकोले रौतहटका सुरक्षा निकायले गरे उद्धार कार्यको अभ्यास

ओम प्रकाश यादव जेठ २७ गते, रौतहट । विपद् आउनुभन्दा पहिले पुर्व तयारी नगरैकै कारण रौतहटमा विगतका वर्षहरुमा बाढी र डुवानबाट ठुलो जनधनको क्षति हुँदै आएको छ । पुर्व तयारी नगर्दा विगतका दिनहरुमा बाढी र डुवानबाट रौतहटमा ठुलो भौतिक र मानविय क्षति हुँदै आएको अवस्थालाई मध्य नजर गर्दै रौतहटका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तिन वटै सुरक्षा निकायले यस वर्ष विपद् आउनुभन्दा अघि अर्थात पुर्व तयारी गरेको हो । खास गरेर बाढी र डुवानबाट आम नागरिकलाई कसरी जोगाउने भन्ने बारेमा जिल्लाका तिन वटनै सुरक्षा निकायका तालिम प्राप्त उद्धारकर्ताहरुले पुर्व तयारी स्वरुप उद्धार कार्यको अभ्यास गरेको हो । जिल्लाको गौर नगरपालिका ५ स्थित रहेको बरहवा तालमा मोटर बोटको माध्यमले सुरक्षा निकायका उद्धारकर्ताहरुले आज उद्धार कार्यको नमुना प्रदर्शन गरेको छ । बाढी र डुवानमा परेकालाई कसरी जोगाउने, आफु सुरक्षित रहदै विपद्मा परेकालाई कसरी उद्धार गर्ने, सुरक्षित स्थानमा कसरी लग्ने, उद्धारपछि उपचार कसरी गर्ने लगाएत बारे बरहवा तालमा सुरक्षा निकायका अनुभव प्राप्त उद्धारकर्ताहरुले अभ्यास गर्दै आफना कला प्रदर्शन गरेको हो । विपद् व्यवस्थापन समितिको आयोजनामा रौतहटका प्रमुख जिल्ला अधिकारी सिडियो इन्द्रदेव यादव, नेपाल प्रहरीको एसपी शिद्धि विक्रम साह, सशस्त्र प्रहरीका एसपी सुर्य सेन वली, वीरदल गणका गणपती कर्णेल राजन दाहाल, गौर नगरालिकाका मेयर अजय गुप्ता लगाएतको रोहवरमा सुरक्षा निकायका उद्धारकर्ताहरुले उद्धार कार्य गर्ने कला प्रस्तुत गरेका थिए । यस वर्ष औषतभन्दा बढी वर्षा हुने र बाढी पहिरो आउने पुर्वानुमान गरिएकोले विपद्मा परेकालाई समयमै उद्धार गर्न पुर्व तयारी गरिएको प्रमुख जिल्ला अधिकारी सिडियो इन्द्रदेव यादवले बताउनुभएको छ । विपदभन्दा पहिलेको पुर्व तयारी अभ्यासले बाढी तथा डुवानमा परेकालाई तत्काल उद्धार गरी जनधनको क्षति कम गर्न सकिने सिडियो यादवले बताउनुभयो । रौतहटमा विगतका वर्षहरुमा बाडी र डुवानबाट ठुलो जनधनको क्षति भएकोले यस वर्ष ठुलो जनधनको क्षति हुनबाट जोगाउन विपद व्यवस्थापन समितिले पुर्व तयारी लगाएतका काम गरिरहेको सिडियो यादवले बताउनुभयो । सुरक्षा निकायले गरेको पुर्व तयारीले यस वर्ष जिल्लामा बाढी डुवानबाट कम क्षति हुने अनुमान गरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *