Loading...
नागरिकता अध्यादेश कार्यान्वयनमा रोक, उपेन्द्र खेमा जसपाले दिपावली मनाउदै

२७ जेठ, काठमाडौं । सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त अन्तरिम आदेश दिएको हो । संघीय संसदबाट पारित हुन नसकेमा अध्यादेश बमोजिम वितरित नागरिकताको प्रमाणपत्रमाथि कानुनी जटिलता उत्पन्न हुने भन्दै संघीय संसदबाट विधेयक पारित भई निर्माण भएको ऐनबाटै नागरिकता वितरणको व्यवस्था मिलाउन उपयुक्त हुने सर्बोच्चले बताएको छ ।

यता नागरिकता अध्यादेश कार्यान्वयन नहुने भएपछी उपेन्द्र यादब खेमाका कार्यकर्ताहरु सामाजिक संजालमा खुशी मनाइ रहेका छन् । महन्थ ठाकुरको पहलमा ल्याइएको अध्यादेश सर्बोच्चले रोक लगायो भन्दै उनीहरु आज दिपावली समेत मनाइरहेका छन् । पहाडि जनता सहित मधेशी जनताको लागि ल्याइएको अध्यादेशमा रोक लगाए पछि उपेन्द्र खेमा हर्षित भएका छन् । उनीहरु सोचमा जनता मारमा परेपनि महन्थको हार भएको छ ।

तर जनकपुर निवाशी सन्तोष मण्डल ले भने -” हामि त्यो अध्यादेश आएपछि खुशी थियौ जुन कि उपेन्द्रका बिपक्षी गठबन्धन निकटका वकिलहरुको अगुवाईमा बन्द गराइएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *