
सरोज “खिलाडी”
जनता समाजबादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पार्टी बिस्तार गर्नु भएको छ । उहाँले पार्टीको केन्द्रिय कार्यकारिणी सदस्यमा १६ जना थप्नु भएको छ । अब पार्टीको केन्द्रिय कार्यकारिणी सदस्यको संख्या ६७ पुगेको छ ।
थपिएका नयाँ १६ केन्द्रिय कार्य कारिणी सदस्यहरुमा डा सुरेन्द्र झा जी, सुरेश मण्डल, राजीव झा, अभिराम शर्मा, परमेश्वर साह, कृष्णा सिंह, डा.विजयकुमार सिंह, सन्तवीर महतो, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, रमेश पटेल, एकवाल मियाँ, विजय उपाध्याय, श्री शतरजित यादव, श्री मुकेश झा र उपेन्द्र महतो रहेका छन्।
यी हुन् जसपाका छुट्टाउनै नहुने चर्चित प्रभावशाली नेताहरु :
जसपा नेपाल बिस्तारमा १६ जना केन्द्रिय कार्यकारिणी सदस्यहरु थप भएपनि पार्टीका केहि चर्चित प्रभावशाली नेताहरु छुटेका छन् । छुट्टेका नेताहरु प्रतिनिधि सभा सांसद देखि भूगोल र पार्टीका हरेक क्रियाकलापमा सक्रिय नेताहरु रहेका छन् । जसपा बाट जित्नै नसक्ने क्षेत्र बाट अत्याधिक बहुमतले निर्वाचित प्रतिनिधि सभा सांसद प्रमोद साह छुट्ट्नु भएको छ।
त्यस्तै राष्ट्रिय सभा सांसद शेखर सिंह समेत कार्यकारिणीमा पर्नु भएन । त्यसैगरि पार्टीकै लागि समर्पित दिग्गज चर्चित नेताहरु बाराका संजय यादब, बिनोद सिंह (सप्तरी) सर्लाहीका राकेश कुमार मिश्र, पर्शाका शिब पटेल र सप्तरीका गजेन्द्र मण्डल लगायतका नेताहरु छुट्टेका छन् ।
Facebook Comments