Loading...
रौतहटको निषेधाज्ञा खुकुलो हुँदै, ७ दिन पुन थप, बैंक तथा वित्तिय संस्था सबै दिन खुल्ने

ओम प्रकाश यादव जेठ ३१ गते, रौतहट । रौतहटमा जारी निषेधाज्ञा पुन एक साता लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले असाढ ७ गतेसम्म निषेधाज्ञा थपेको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को आज बसेको बैठकले आगामी असाढ ७ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी राख्ने राख्ने निर्णय गरेको छ । यसअघि जेठ ३१ गते राति १२ बजेसम्मको लागि थप गरिएको निषेधाज्ञाको अवधी आज राति १२ बजे सकिदै छ । दोश्रो लहरको नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण कम हुन थालेपछि रौतहट प्रशासनले अब निषेधाज्ञा पनि विस्तारै खुकुलो बनाउँदै जान थालेको छ । यो पटकको निषेधाज्ञामा प्रशासनले केही क्षेत्र पुर्ण रुपमा खुल्ला गरेको छ । अब जिल्लाका सबै बैंक तथा वित्तिय संस्थाहरु सबै दिन अर्थात कार्यालय खुल्ने सबै दिन खुल्ला गर्न निर्देशन दिएको छ । बैठकले न्युन्तम जनशक्ति प्रयोग तथा स्वास्थ्य सुरक्षा मापदण्डको पुर्ण पाल्न गर्ने गरी जिल्लाका सम्पुर्ण बैंक तथा वित्तिय संस्थाहरु कार्यालय खुल्ने सबै दिन खुल्ला राख्न दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालयको यो निर्णयले पहिला हप्तामा दुई दिन त्यसपछि चार दिन मात्र खुल्दै आएको बैंक तथा वित्तिय संस्थाहरु अब शनिवार बाहेक प्रत्येक दिन खुल्ने भएको छ । त्यस्तै खाद्यय सामग्रि, किराना पसल, तरकारी तथा फलफुलका पसलहरु पनि हप्ताको सातौ दिन खोल्ने निर्णय गरिएको सिडियो यादवले बताउनुभयो । जिल्लामा कोरोना संक्रमित र मृत्कको संख्यामा कमी आउन थालेपछि विस्तार निषेधाज्ञा पनि खुकुलो बनाउन थालेको सिडियो यादवले बताउनुभयो । बैंक र बजारहरु खुल्ला भएपनि सार्वजनिक तथा निजी यातायातका साधनहरु खुल्न सकेको छैन । हाटबजार लगाउन प्रतिबन्ध कायम नै रहेको छ । त्यस्तै अत्यावश्यक बाहेकका सरकारी कार्यालयहरुको सेवा प्रवाह स्थगित राख्ने र अति आवश्यक परेको खण्डमा न्युन्तम कर्मचारी उपस्थित भइ आन्तरिक प्रशासन मात्र सञ्चालन गर्न कार्यालय खोल्न सकिने बताइएको छ । प्रशासनको यो निर्णयले केहि दिन अझै सरकारी कार्यालयहरु पुर्ण रुपमा नखुल्ने भएको छ । तर तोकिएका र अनुमतिबाहेकका सार्वजनिक तथा निजी सवारीसाधन, शैक्षिक संस्था, सभा÷सम्मेलन, जुलुस, सिनेमा हल, मठमन्दिर (नित्यपूजाबाहेक) लगायतमा निषेधाज्ञा यथावत् रहनेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *