Loading...
जसपा सरकारमा गएको केहि दिनमै गरे एतिहासिक उपलब्धिहरु, जुन बर्षौ देखि थिए अलपत्र

सरोज “खिलाडी”

सरकारमा जानु अघि नै जनता समाजबादी पार्टी नेपाल (महन्थ ठाकुर) समुहले १२१ जनाको मुद्धा फिर्ता, नागरिकता बिधेयक, संबिधान संसोधन गर्नका लागि कार्य दल गठन लगायतका उपलब्धिहरु हासिल गरेको थियो । हुन् त नागरिकता बिधेयक तत्काल कार्यान्वयन नगर्न सर्बोच्च अदालतले अन्तरिम आदेश समेत दिएको छ । तर पनि १२१ को मुद्धा फिर्ता, रेशम चौधरीको फाइल अगाडी बढ्नु र कार्यदल बन्नु ठूलो उपलब्धि मान्न सकिन्छ । किनभने जसपा कै अर्का अध्यक्ष उपेन्द्र यादब पनि दुइ बुंदे सहमति गर्दै यहि ओली सरकारमा २३ महिना सहभागी हुँदा सम्म केहि गर्न सक्नु भएन् । त्यसपछि बजेट आयो र अध्यक्ष ठाकुर, बरिष्ठ नेता तथा उपप्रधानमन्त्री राजेन्द्र महतोको पहल मा महोत्तरीको जलेश्वरमा इन्जिनियरिङ कलेज र बर्दिबासमा मेडिकल कलेज स्थापनाको कुरा बजेट मै अटाए जुन कुरा मौखिक रुपमा धेरै नेताले गरेपनि सम्बोधन गराउन सकेका थिएनन । त्यति मात्र होइन नेताहरुले आफ्ना मागमा अडिग रहेर ५० % मन्त्रि मण्डलमा सहभागी समेत भएर मधेशीको बर्चश्व देखाउन सफल भएको देखिन्छ ।

फेरी सरकारमा सहभागी हुने बितिकै पहिलो दिनमै सरकारका उपप्रधानमन्त्री तथा शहरी बिकास मन्त्रि राजेन्द्र महतोले नेपाललाइ बहुराष्ट्र देश बनाउनु पर्छ भन्ने आँट गर्नु भयो। जुन कुरा अहिले सम्म कसैले भन्ने आँट गरेका थिएनन। हुनत उहाँको आलोचना पनि ब्यापक भयो तर त्यो आलोचना पनि केहि खस जातिका एकल पहिचान चाहनेहरुको मात्र थियो। पछि धेरैले नेपाल बहुराष्ट्र मुलुक नै भएको स्वीकार गरे । त्यति मात्रै होइन संस्कृति तथा नागरिक उड्ड्यन मन्त्रि उमा शंकर अगरियाले समेत पहिलो दिन मै मधेशको शान जानकी मन्दिरलाइ विश्व सम्पदा सुची मै राख्न कार्यदल बनाएर मधेश भरिका जनतालाइ उत्साहित बनाएका छन् ।

अब हिजो मात्र प्रथम गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि ७३ विग्हा जग्गा सहित एक अर्व रूपैया मन्त्रि परिषद बाट विनियोजन गराउन भुमी सुधार मन्त्री लक्ष्मण लाल कर्ण सफल हुनु भएको छ । यी कामहरु बर्षौ देखि अलपत्र परेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *