Loading...
जसपा उपेन्द्र यादब खेमाले सर्बोच्च अदालतको अपहेलना गर्दै गरे यस्तो ६ बुंदे निर्णयहरु
जनता समाजबादी पार्टी नेपाल उपेन्द्र यादब खेमाको आज बसेको पदाधिकारी बैठक ले ६ बुंदे विभिन्न निर्णयहरु गरेको छ । यस अघि लुम्बिनी प्रदेशका ४ सांसदलाइ कारवाही गर्दै पद खोसेको यादब खेमाको निर्णय सर्बोच्च अदालतले खारेज गर्दै पुनर्स्थापना गरेको थियो । तर आज बसेको बैठकले फेरी ति ४ सांसदसंग स्पस्टिकरण सोध्ने निर्णय गरेको छ। यसले सर्बोच्चको समेत अपहेलना भएको छ । यस्तो छ ६ बुंदे निर्णयहरु :-
२०७८/०३/०३ गते जनता समाजवादी पार्टीको आज बसेको कार्यकारिणी समिति बैठकले गरेको मुख्य निर्णयहरु :
१. अध्यक्ष उपेन्द्र यादव र डॉ बाबुराम भट्टराई पक्षले पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगमा पुनः निवेदन दिने ।
२. पार्टीको निर्णय विपरीत ओली सरकारमा मन्त्री भएका     नौ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।
३. बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
४. चुरे दोहन गर्न नहुने बैठकले निष्कर्ष निकालेको छ। ५. बाढी  पहिरोको उद्धारका लागि खट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ
६. बाढ़ी पहिरो पीड़ितलाई उद्धार र राहतका लागि सरकारसँग आग्रह गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *