Loading...
उपेन्द्र यादव पीडित हो, बलजफ्ति पार्टी चलाउन नसकेर आयोग जानु भयो – अनिल झा

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता अनिल कुमार झाले पार्टीको अधिकार नभएको पक्ष आधिकारिकताका लागि निर्वाचन आयोग पुगेको टिप्पणी गरेका छन् । उहाँले भन्नु भयो – उपेन्द्र यादव पीडित हुनुहुन्छ बलजफ्ति पार्टी चलाउन सक्नु भएन त्यही भएर अधिकारका लागि निर्वाचन आयोग जानु भएको हो। उहाँले हामीले त पार्टीलाई सिस्टममा चलाउन खोजेका हौँ । तै पनि कोहि निर्वाचन आयोग जान्छ भने मलाइ केहि भन्नु छैन भन्नु भएको छ ।
खानेपानी मन्त्री समेत रहेका नेता झाले आफूहरुले पनि पार्टीका हरेक गतिविधिको बारेमा निर्वाचन आयोगलाई जानकारी गराउँदै आएको हुनाले आयोगको निर्णय पर्खिनै भनेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *