Loading...
उद्योगमन्त्री यादवलाइ सिरहामा स्थानीयदवारा बाजा बजाएर स्वागत, मन्त्रि नै अचम्मित

सिरहा । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री एवं जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादवलाई गृहजिल्ला सिरहामा स्थानीय दवारा बाजा बजाएर भव्य स्वागत गरिएको छ ।

मन्त्रीको रुपमा जिम्मेवारी सम्हालेपछि आज पहिलो पटक गृह जिल्ला पुगेका मन्त्री यादवलाई नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका हुन् । मन्त्री यादवलाई स्वागत तथा सम्मान गर्न हजारौंको संख्यामा नेता कार्यकर्ता बन्दिपुरस्थित रामदुलारी मावी मैदानमा पुगेका थिए । मन्त्रि यादब स्थानीय दवारा गरिएको स्वागत तथा फुल माला खादाहरु थाप्न भयाई नभ्याई भएका थिए । मन्त्रि यादबका अनुशार उहाँ आफै पनि स्थानीय ले यस्तो भब्य स्वागत गर्ने सोच्नु भएको थिएन।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *