Loading...
अशई झा न त सरुवा भए न त आयोगले पहल गरे, नेता झाको यस्तो थियो पहल (साउण्ड क्लिप)

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जबाट काज सरुवा गरिएका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झा पुनः पुरानै ठाउँमा फर्केको समाचारलाइ जनता समाजबादी पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य तथा प्रभावशाली नेता डा. सुरेन्द्र झाले गलत भनेका छन् । सामाजिक अभियन्ताहरुसँग विवादको भिडियो भाइरल भएपछि उनी चर्चामा आएका थिए ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखानामा तानिएका झा काज सरुवा फिर्ता भएपछि फेरि महाराजगञ्ज प्रभागमा फर्केका हुन् । तर नेता झाले यो समाचार नै गलत भएको बताउनु भएको छ । ज्वाला संग्रौला लगायतका सामाजिक अभियन्ताले असई झालाई ‘एनि हाउ सरुवा गराइदिने’ चेतावनी दिएका थिए । उक्त भिडियो भाइरल भएपछि प्रहरीलाई झाको सरुवा फिर्ता गर्न दवाव परेको बुझिएको छ ।
घटना झण्डै एक महिनाअघिको हो । थर्काउने अभियन्ता हुन् ज्वाला संग्रौला । सामाजिक सञ्जालमा चर्का स्टाटस लेखेर ‘भाइरल गर्ल’ का रूपमा चिनिएकी उनी अहिले विभिन्न स्थानमा राहत वितरणमा व्यस्त छिन् । राहत बाँड्न जाने सिलसिलामा महाराजगञ्जमा उनको प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झासँग लफडा भएको थियो । लफडा पछि काज सरुवामा गएका असई झालाइ मधेशी आयोगका अध्यक्ष विजय कान्त दत्तको पहलमा सरुवा फिर्ता भएको समाचार आएको थियो। तर नेता झा भन्छन – सरुवा नै भएन के को फिर्ता सरुवा ? सरुवा हुने वाला थियो। तर मैले ट्राफिक प्रमुख (एसएसपी) जनक भट्टराई संग कुरा भएपछी दबाब पर्यो र सरुवा भएन रोकियो।” नेता झाले प्रमुख (एसएसपी) जनक भट्टराईलाइ सरुवा हुनु भएन यदि तपाइँको अधिकार र पहुँच पुगेन भने भन्नुस आइजीपी वा गृह मन्त्रालय संग कुरा हुन्छ भनेर समेत भनेका थिए । तर जवाफमा प्रमुख भट्टराईले न त सरुवा भएको छ न त सरुवा हुन्छ तपाइँ ढुक्क हुनुस भन्नुभयो। नेता झाले संघिय अनलाइन संग कुरा कानी गर्दै भन्नु भयो – रंग भेदी कुराको बारेमा मधेशी आयोग बोल्न सक्छन, त्यो आयोगको अधिकार भित्र नै पर्यो । तर अशई झाको केसमा आयोगका अध्यक्ष दत्तको कुनै हात नरहेको नेता झाले दाबी गर्नु भएको छ। । नेता झा अशई झालाइ महाराज गंजमा भेटेर कसैको दबाब र कसैको प्रभावमा नपरी केहि सहयोग चाहेमा आफू संग सम्पर्क गर्न समेत अनुरोध गर्नु भएको छ , तर जवाफमा अशई झाले आफूलाइ कुनै दबाब नआएको बताएका छन्।

नेता झा र ट्राफिक प्रमुख (एसएसपी) जनक भट्टराई संग भएको कुराकानी यस्तो छ

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *