Loading...
जनतालाइ भ्रमित पार्दै उपेन्द्र, आफ्नो कर्तुतलाइ ढाक छोप गर्न यस्तो दिए अभिव्यक्ति

१२ असार, सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा पुनर्स्थापना हुने र शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् । आज सप्तरीमा पत्रकारसँग कुरा गर्दै यादवले सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गराउन परमादेश जारी गर्ने विश्वास व्यक्त गर्दै संसदको पनि पुर्नस्थापना , लोकतन्त्रको पनि रक्षा बताएका छन् l

अध्यक्ष यादवले सरकारले कुनै माग पूरा नगर्दा पनि जसपाका कतिपय नेताहरु सरकारमा गएको टिप्पणी गर्नु भएको छ । जबकि पहिलो अध्यक्ष महन्थ ठाकुरको पहल मै १२१ वटा मुद्धा फिर्ता भएको हो । उहाँले कसैको मुद्दा फिर्ता नभएको र कुनै पनि माग पूरा नभएको बताएका छन् जबकि ठाकुरले संबिधान संशोधनका लागि कार्यदल र रेशम चौधरीको मुद्धा समेत अगाडी बढाउनु भएको छ । यादवले भन्नु भयो -“केपी ओलीले त मधेशको माग सुन्नै चाहेका छैनन् । माग कसरी पूरा गर्छन् ? माग सुन्न नचाहने प्रधानमन्त्रि ओलीले ११ मधेशी मन्त्रि र कार्यदल कसरी बनाउनु भयो।

यादबले नागरिकताको विषयमा प्रधानमन्त्री ओलीले ठूलो खेल खलेको आरोप लगाएका छन् । संसदमा टेबुल भइसकेको नागरिकता विधेयकलाई संसदभित्रै पारित नगराई अध्यादेश बाट ल्याइएको भन्दै उनले भने, ‘एकातिर अध्यादेश जारी गरे, अर्काेतर्फ आफ्नै मान्छे लगाएर खारेज गर्न लगाएको आरोप लगाउनु भएको छ । जबकि मुद्धा हाल्ने बोर्न बाहादुर कार्की होस् वा डीबी त्रिपाठी यी दुवै वकिल कांग्रेस र माओबादी निकट छन् भने ओलीले कसरी मुद्धा हाल्न लगाए ?

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *