Loading...
माधोपुरमा पानी टयांकी शिलान्यास, पानी टयांकी निर्माण हुन लाग्दा स्थानीय हर्षित

ओम प्रकाश यादव अषाढ १२ गते, रौतहट । विभिन्न बाधा, अवरोध र चुनौतिपछि बल्ल रौतहटको माधोपुरमा अब पानी टयांकी निर्माण हुने भएको छ । गाउँका राजनैतिककर्मी, भद्रभलादमी, जनप्रतिनिधि लगाएतका बीचमा पानी टयांकी निर्माणका लागि सहमति जुटेपछि अब पानी टयांकी निर्माण हुने भएको छ । पानी टयांकी निर्माण हुन लागेपछि माधोपुरबासीले अब शुद्ध खानेपानी उपभोग गर्न पाउने भएका छन । सहमति पछि आजै उक्त पानी टयांकीको शिलान्यास पनि गरिएको छ । शुद्ध खानेपानीका लागि माधवनारायण नगरपालिका ६ माधोपुरमा आज पानी टयांकी निर्माण कार्यको शिलान्यास गरिएको छ । माधोपुर उतरवारी टोलको बडका मठ अर्थात श्रीराम जानकी मठको जग्गामा खानेपानी टयांकीको शिलान्यास भएको हो । सो मठका पुजारी अर्थात महन्थ रामबिलास दास बैरागी र वडा अध्यक्ष राजीव यादव दुवै जनाले संयुक्त रुपमा उक्त पानी टयांकीको शिलान्यास गरेका छन । महन्थ बैरागी र वडा अध्यक्ष यादवले आज दिउँसो ३ बजेको समयमा एक कार्यक्रमका बीच श्रीराम जानकी मठको चार कठा जग्गामा उक्त पानी टयांकी शिलान्यास गरेका हुन । आज शिलान्यास भएको पानी टयांकी निर्माण कार्य भोलीदेखी नै दु्रत गतिमा अगाडि बढने छ । संघीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन विभागको करोडौंको लागतमा माधोपुर उतरवारी टोलको बडका मठको जग्गामा पानी टयांकी निर्माण हुन लागेको छ । भोली देखी शुरु हुने पानी टयांकी निर्माण कार्य तिन वर्षमा सक्ने लक्ष्य राखिएको छ । दुई लाख २५ हजार लिटर क्षमताको टयांकी निर्माण हुने छ भने पानी टयांकी सञ्चालनका लागि भौतिक पुर्वाधार निर्माण कार्य पनि हुने छ । पानी टयांकी निर्माण हुने भएपछि अब शुद्ध खानेपानी उपभोग गर्न पाउने भन्दै स्थानीयहरु निकै हर्षित भएका छन । यसैविच खानेपानी पानी टयांकी निर्माणका लागि रामविलास राय यादवको अध्यक्षतामा ११ सदसीय उपभोक्ता समिति गठन गरिएको छ । यादवको अध्यक्षतामा माधोपुर खानेपानी तथा सरसफाई नामक उपभोक्ता समिति गठन गरिएको छ । गाउँका भद्रभलादमी, राजनैतिककर्मी, न्याय प्रेमी जनता लगाएतको रोहवरमा भएको भेलालले समितिको अध्यक्ष सहित सम्पुर्ण पदाधिकारीहरुलाई चएन गर्ने निर्णय गरेको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *