Loading...
आफ्नै कर्तुतका कारण सेन्ट जेभियरका फादर मोबाइल अफ गरेर लुक्दै बस्दै, आखिर किन ?

महेश काफ्ले

सेन्ट जेभियर स्कूलका फादर जर्ज पी एम अहिले ३ दिन देखि लुक्दै बसिरहेका छन् । सेन्ट जेभियर जस्तो गरिमामय स्कूलले गोला प्रथा बाट बच्चाले दिएको परीक्षाको नतिजा निकालेर चौतर्फी आलोचनाको पात्र बन्दै आएका फादर जर्ज पीएम लुक्दै बसिरहेका छन् । अहिले दिनहुँ दर्जनौ अभिभावक स्कूलमा फादरलाइ खोज्न जाने गरेका छन् । यति सम्म कि मोबाइल समेत उनको अफ रहेको छ । एक अभिभावकले संघिय अनलाइन संग कुराकानी गर्दै भने – “परिक्षा लिनु अगावै गोला प्रथाको जानकारी गराउनु पर्थ्यो जब परिक्षा लियो त्यसमा पास भएका बच्चाको नतिजा गोला प्रथा बाट गर्न मिल्दैन ।” सेन्ट जेभियर स्कूलमा कक्षा १ मा भर्नाका लागि ४२५७ जनाले आवेदन दिएका थिए। सेन्ट जेभियर स्कूलका फादर जर्ज पीएमले त्यो सबै बिद्यार्थीको परिक्षा लिएर ६०% भन्दा माथिको बिद्यार्थीलाइ पास भनेर निकाल्दा १३५० जना बिद्यार्थीको नाम सार्वजनिक भएको थियो । त्यस मध्ये गोला प्रथा गरेर १७५ बिद्यार्थी निकाल्नु पर्ने अवस्थामा फादरले पारदर्शी भन्दै गोला प्रथा गरे जुन कि कानून सम्बत नभएको जानकार वकिलहरुको दाबी छ । वकिलहरुका अनुशार यदि गोला प्रथा नै गर्नु छ भने फादरले पुरै ४२५७ जना मै गर्नु पर्थ्यो तर परिक्षा लिई सकेपछी त्यसो गर्न मिल्दैन त्यो गलत हो। एक अभिभावकका अनुशार फादरले तपाइँको बच्चाको नाम निकाल्छु भनेर समेत पठाए तर नाम निस्केन। अहिले राम्रा राम्रा सबै स्कूलको बिद्यार्थी भर्ना बन्द भै सकेको छ । एक अभिभावकले भने -“त्यसो भए के मेरो बच्चा यस बर्ष पढ्न नपाउने” ? यस्तो अभिभावक १ हजार भन्दा बढी रहेका छन् । संघिय अनलाइनले समेत फादर जर्ज संग कुरा गर्न खोज्दा मोबाइल अफ र स्कूलमा फोन गर्दा आउने नाउने कुनै ठेगान नभएको त्यहा का कर्मचारीहरुको भनाइ रहेको छ । फादरले यति सम्म गरे कि परिक्षाको नतिजा समेत सच्चयाई सच्चयाई निकालेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *