Loading...
नदिको किनारको कांसघारीमा लगेर बलात्कार गरेको आरोपमा कांग्रेस नेता कुश्वाहा पक्राउ

ओम प्रकाश यादव असार २६ गते, रौतहट । रौतहट प्रहरीले बलात्कारको आरोपमा नेपाली कांग्रेसका एक जना नेतालाई पक्राउ गरेको छ । स्थानीय एकजना २७ वर्षिया विवाहित महिलालाई करणी गरेको आरोपमा जिल्लाको देवाही गोनाही नगरपालिका ७ उचिडिह घरभएका ५० वर्षीय नागेश्वर कुश्वाहालाई प्रहरीले पक्राउ गरेको छ । महिलालाई करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय देवाही गोनाहीले कुश्वाहालाई आज पक्राउ गरेको हो । पक्राउ परेका कुश्वाहालाई इलाका प्रहरी कार्यालय गरुडामा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ । करणी गरेको आरोपमा कुश्वाहामाथि जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेर जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थमाई अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी श्रीराम भण्डारीले बताएका छन । कुश्वाहाले ३ दिनअघि पीडित महिलालाई केही घरायसी प्रयोगको सामान खरिद गर्न भनी आफ्नो मोटरसाइकलमा राखेर गरुडा बजार ल्याएका थिए । गरुडा बजार भन्दा केहि पर रहेको झाँझ नदिको किनारको कांसघारीमा लगेर उनले महिलालाई बलात्कार गरेको डिएसपी भण्डारीले बताए । आफुलाई जबरजस्ती करणी गरेको भनी उक्त महिलाले दिएको मौखिक उजुरीको आधारमा उनलाई पक्राउ गरिएको र थप कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा पठाएको ईलाका प्रहरी कार्यालय देवाही गोनाहिका इन्स्पेक्टर राजन लम्सालले जानकारी दिएका छन । पीडित महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ परिक्षण समेत भैसकेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । पक्राउ परेका कुश्वाहा नेपाली कांग्रेसका स्थानीय नेता रहेको बुझिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *