Loading...
महन्थको दुरदर्शी सोच : उपेन्द्रको संघिय समाजबादी पार्टी रिजर्ब, नयाँ पार्टी दर्ता यस्तो छ कारण !

जनता समाजवादी पार्टीका नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरको निर्देशनमा दुई वटा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । ज्ञानेन्द्र झाको अध्यक्षतामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र अजय झाको अध्यक्षतामा संघीय समाजवादी पार्टी नेपाल दर्ताका लागि निवेदन दिइएको हो। यसअघि जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल हरिनारायण यादवको अध्यक्षतामा दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिन लगाएका थिए । हरिनारायण यादव उपेन्द्र निकट मानिन्छ भने उनि यादवका पुराना कार्यकर्ता हुन् ।

अजय झा भन्छन्, ‘महन्थ ठाकुरसँग नाम जोड्नु गलत हो, हामीले दर्ता गराउन लागेको पार्टीसँग महन्थ ठाकुरको कुनै साइनो छैन ।’ आफू जसपा नेपालमा भएपनि धेरै पहिलादेखि निश्कृय रहेको भन्दै उनले अहिले युवाहरु मिलेर छुट्टै पार्टी दर्ता गराउन लागेको बताए ।

उनले भने, ‘यो पार्टीमा हामीले १६ वर्षदेखि ४० वर्षको युवालाई मात्र समेट्छौंँ, यो पार्टीले युवाका लागि मात्र काम गर्नेछ ।’ अब कुनै कारण बश उपेन्द्र लाइ समाजबादी पार्टी चाहियो भने पनि पाउदैनन । त्यसै गरी महन्थ तिर दुइ वटा पार्टी रहेको हुनाले दुवै मध्ये जुनसुकै बेला पनि एउटा पार्टीको उपयोग गर्न सक्छन । तर स्रोत भन्छ – समाजबादी को नाम रिजर्ब गरेर महन्थ ले राजपा रिजर्ब गर्ने षडयन्त्र गरेको यादबलाई शानदार झटका दिएका हुन् । तर उपयोग भने नयाँ पार्टी लोकतान्त्रिक समाजबादी नै गर्ने छन् ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *