Loading...
संवैधानिक सर्वोच्चतालाई स्वीकार गर, घृणा होइन सहकार्य गर – अधिवक्ता ठाकुर
अहिलेको अव्यवस्थावाट मुक्ति नै प्रतिपक्षको एकमात्र धर्म हो । यो नै निकासको पहिलो खुडकिला हो । यसमा कोहि चुक्नु हुदैन । हलो अड्कायर गोरु चुटुनु हुदैन । क्षम्य हुदैन । सर्वोच्चको फैसलाको स्वागत गरौ । सवैको विजयको सवै मिलि सहकार्य गरौ ।
राजनिति गर्ने र गराउनेहरुको दृष्य, अदृष्य शक्ति भन्दा पनि देश प्राथमिकतामा हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ । विपक्षीको मुल धर्म नै अव्यवस्थाको अन्त हो । त्यसको लागि विपक्षी सँग आवश्यक संख्या छ । त्यो संख्याको सदुपयोग हुनपर्छ , गर्नु पर्छ । एकले अर्कोलाई सिध्याउने, खुईल्याउने, गलाउने कार्य वन्द हुन पर्छ । पहिले निकास त्यसपछि अन्य केहि हुन्छ । यो अवसर हाम्रो अग्रजहरुले गुमाउनु हुदैन भन्ने म एक सचेत नेपालीको निष्कर्ष हो । सायद यो पुस्ताको स्वतन्त्राको रचनात्मक प्रस्थानको हेर्ने स्वप्नमा न्यायालयले एक कदम फेरी वढाउन हौसला दिएको छ ।
असफल सत्तालाई प्रतिपक्षले फाल्न नसके पनि अदालतले त्यो प्रकियालाई सहज वनाई दिएको छ । सहकार्य गर्न र सरकार वनाउने संख्या पनि छ । यो मौकालाई सदुपयोग गरेर सवै सँग सहकार्य गरे यसले सवैलाई राजनितीक स्थायित्वको लागि प्रस्थान विन्दु तर्फको शुभ संकेत दिनेछ।
नेपालको इतिहासमा यस्तो मौका पटक पटक दलहरुले पाएको छ । कसैको एकल सोच र व्यक्तिवादी शक्ति र सत्ताको अंहकारलाई स्वीकार नगरेको मुलकमा फेरी एक पटक प्रतिपक्षले सत्तारोहण सँगै नयाँ परिक्षाको लागि कम्मर कस्नु पर्ने छ । यो सत्ताको वर्हिगमन भए पनि महामारी,महावेरोजगारी, शिक्षा, स्वास्थ्य लगायतको सम्पुर्ण क्षेत्र तह निरास भै सकेको छ । यो महामारीको विषम परिस्थतिमा सकत्ताको दुरुपयोगलाई रोक्ने सुवर्ण अवसर हो । विधमान राजनितिक दलहरुको खस्कदो लोकप्रियता र व्यक्तिवादी , देवत्वकरण हुने , गर्न लगाउने लालसाले फेरी पनि अस्थितरता मै यो मुलुक धकेलिने हो कि भन्ने त्रास छ । कसैलाई राजनितिकदलहरुको विगतको चरित्रवाट स्थायित्वको मार्गमा दिर्धकाल सम्म टिक्ने सहकार्य र संघर्षमा मुलुकलाई निकास दिने गरी फेरी घृणाको राजनिती वाहीर आउन सक्छ भन्ने विश्वास छैन । दलहरुको विघटन, टुट,फुट,गुट, उपगुटले गर्दा सवैको विश्वास गुमाई सकेको छ । विगतमा वारम्वार एकलवादी हुकुमी सत्ताले नै यो आजको अव्यवस्था निम्ताको हो ।
संघिय लोकतान्तिक मुलकुलाई कसैले पनि आफ्नो एकल इच्छा र जिद्दीमा विधिको शासन समाप्त पार्ने गरी दिएको तर्क कुतर्कलाई स्वीकार गर्न सकिदैन ।
हामीले विधिको शासन छ भन्ने केहि हद सम्म विश्वास लिएका थियौ, छौ त्यो पुष्टि भएको छ । सकारात्मक तवरले राजनितिक अवतरण भएको छ । तर अहिलेको अवस्थाले यो व्यवस्थाले विभेदको समाप्ती विनाको निश्चित स्थान ग्रहण गरेको छैन । त्यसैले यो अव सर्वसकत्तावादी चिन्तनलाई विर्शजन गरौ घृणाको राजनिती अन्तगरी सहकार्य र सहभागितामुलक राजनितीक चरित्रको विकास गरौ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *