Loading...
भेटेर बधाई दिने क्वात्रा पहिलो राजदुत, भने-“देउवालाई बधाई ! मिलेर काम गर्न तयार छु”

० असार, काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नवनियुक्त प्रधानमन्त्री शेरवहादुर देउवालाई भेट गरी बधाई दिएका छन् । देउवा प्रधानमन्त्री नियुक्त भएपछि भेटेर बधाई दिने क्वात्रा पहिलो विदेशी राजदूत हुन् ।

राजदूत क्वात्राले देउवाको निजी निवास बुढानीलकण्ठ पुगेर बधाई दिएका हुन् । राजदूत क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक साझेदारी र जनता–जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्न देउवाको टिमसँग मिलेर काम गर्न तयार रहेको भारतीय राजदूतावासले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *