Loading...
चिनियाँ राजदूत यान्छीको दबाब ! प्रचण्डलाइ भेटेको भोलि पल्टै माओबादी सरकारमा सहभागी

२ साउन, जनकपुरधाम । प्रदेश २ सरकारमा नेकपा (माओवादी केन्द्र)ले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय पाउने भएको छ । माओवादी सरकारमा सहभागी हुने भएपछि सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (उपेन्द्र यादव) समूहले आफ्नै एक जना मन्त्री र एकजना राज्यमन्त्रीलाई राजीनामा गराएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र यादव र अर्का राज्यमन्त्री सरोज सिंहले मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा बुझाएका छन् । ज्ञानेन्द्रको ठाउँमा ओवादीका भरत साह र सरोजको ठाउँमा रुबी कर्णको नियुक्ति पक्का भएको छ । दुइ हप्ता अगाडी कांग्रेस सहभागी भएकै बेला मा माओबादी सरकार मा जान तयार थियो तर भाग बण्डा नमिल्दा सरकार मा नजाने घोषणा गरेको थियो । यसै बिच हिजो मात्र चिनियाँ राजदूत होउ यान्छी माओबादी अध्यक्ष पुप कमल प्रचण्ड र बिपक्षी गठबन्धन का नेता माधब नेपाल लाइ भेटेका थिए । भेटेकै दिन माओबादी ले प्रदेश २ को सरकार मा सहभागी हुने बताउनु र भोलि पल्ट सहभागी हुनु लाइ अर्थ पूर्ण रुप मा हेरिएको छ । यति मात्र होइन जसपा का अध्यक्ष उपेन्द्र यादब ले समेत आफ्नै मन्त्रि लाइ जबर्दस्ती बिदा गरेर बाटो खुला गर्नु ले पनि चिनिया दबाब बढेको बुझिन्छ। माओवादीबाट मन्त्री बनेका साह र राज्यमन्त्री कर्णले आजै दिउँसो ३ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *