Loading...
गच्छदार कै बाटोमा उपेन्द्र ! कागजी सहमतिमा सरकारमा जाने दाउ, मधेशको माग डस्टबिनमा

जनता समाजबादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव समूह सरकारमा जाने भएको छ । सो समूहको संसदीय दलको बैठकले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो । जसपाको तत्काल कायम रहेको सांसद सङ्ख्याको बहुमत सांसद सहभागी संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । जसपाको दुवै सदनका सांसदको सङ्ख्या ३५ छ। सङ्घीय सांसद ३२ र राष्ट्रियसभामा तीन सांसद छन्। पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षका केही सांसद पनि यादव पक्षमा आएको जनाइएको छ। यस अघि जसपा का अर्का अध्यक्ष महन्थ ठाकुर समूह सरकारमा जाँदा मधेशको कतपय माग पूरा गराएर गएका थिए भने कतीपय माग सम्बोधन हुने तरखर मा थियो । महन्थ ठाकुर समूह सरकार मा जानु भन्दा अगाडी मधेशी दल हरु पटक पटक सरकारमा सहभागी भएका छन् कागजी सहमति गरेर । तर कसैले मधेशको माग प्रति ध्यान समेत दिदैनन । ओली सरकारमा दुइ बुंदे सहमति गरेर उपेन्द्र यादब पहिला पनि सरकारमा गएकै हुन् । तर मधेशीको मागलाइ कुनै ध्यान नै नदिई २३ देशमा भ्रमण गरिराखे । अब फेरी प्रधानमन्त्री देउवा संग कागजी सहमति गर्दै उपेन्द्र यादब सरकारमा जाने निर्णय गरेको छ । यादबले देउवा संग ७ मन्त्रालय मागेको छ । महन्थ समूह बाट यादब समुहमा गरेका प्रमोद साह संग उपेन्द्रको बार्गेनिङ्ग नै मन्त्रि खुवाउने हो । पहिला पहिला मधेशी जनतालाइ झुक्याउन यसरी नै विजय गच्छदार कागजी सहमति गर्दै सरकार मा जान्थे । तर माग कुनै पनि पूरा गर्दैनथे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *