Loading...
जसलाई छाडेर जानु छ जाओस, म एक्लै रहे पनि रेशम र मधेशको माग छाड्दिन – महन्थ

५ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले संविधान संशोधन र रेशम चौधरी लगायतका नेता कार्यकर्ताको रिहाइको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आफ्नो माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्दै ठाकुर पक्षको कार्यकारिणी समिति बैठकले भनेको छ, मुद्दाहरुको सम्बोधनार्थ प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने ।’ यो पक्षले संविधान संशोधन, मुद्दा फिर्ता र कार्यकर्ताको रिहाइका साथै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, नागरिकतासम्बन्धी समस्या समाधान गर्नुपर्ने, स्थानीय तहहरुको जनसंख्याका आधारमा पुनस्र्थापना गर्नुपर्ने माग पनि अघि सारेको छ । एक केन्द्रीय सदस्यका अनुसार बैठकमा नेताहरुले प्रधानमन्त्री देउवाले मिलेर काम गरौं भनेपछि विश्वासको मत दिएको बताएका थिए । संघिय अनलाइन संग संक्षिप्त प्रतिक्रिया दिदै अध्यक्ष ठाकुर ले भने – ज जसलाई छ्डेर जानु छ जाओस म एकलाई रहे पनि मधेश को माग र रेशम चौधरीको रिहाइको लागि आवाज उठाई राख्छु ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *