Loading...
प्रदेश २ मा भत्ता मालामाल कार्यक्रम चल्दै, २५ करोडभन्दा बढी भत्ता र इन्धनमै सर्लक्क

जनकपुर । प्रदेश २ सरकारले गत आर्थिक वर्षमा मुख्यमन्त्री तथा मन्त्रीहरुको भत्ता र इन्धन लगायतका नाममा २५ करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ । आर्थिक वर्ष ०७७÷७८ मा प्रदेश सरकारका पदाधिकारीहरुको पारिश्रमिक भत्ता, अन्य भत्ता तथा इन्धनको नाममा २५ करोड रुपैयाँभन्दा बढी खर्च भएको हो ।

मुख्यमन्त्री, ६ मन्त्री र ६ राज्यमन्त्री गरी कुल १३ जना पदाधिकारीले एक वर्षमा पारिश्रमिक भत्ता, बैठक भत्ता, अन्य सुविधा भत्ता र इन्धनको नाममा २५ करोड ३१ लाख ९२ हजार ३ सय रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । पदाधिकारीहरुले प्रयोग गरेको सवारी साधनमा एक वर्षमा एक करोड १३ लाख ३६ हजार ९७८ रुपैयाँको इन्धन प्रयोग भएको छ । उक्त शीर्षकमा गत आर्थिक वर्षमा २ करोड १२ लाख ५ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *