Loading...
बोलि नफेर्नुस, मधेशको माग पूरा होस्, सरकारमा तपाइहरु नै बस्नुस हामीलाई चाहिदैन – महन्थ

काठमाडौँ साउन ६–प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई बोलाएर सरकारमा सामेल हुन आग्रह गर्नुभएको छ । आफूलाई विश्वासको मतमा समर्थन जनाएको भन्दै धन्यवादका लागि बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘संसदमा समर्थन गर्नुभएकोमा त्यसका लागि धन्यवाद दिन्छु अब सरकारमा पनि सहभागी भएर सहयोग गर्नुहोस् ।’ देउवालाई जवाफ दिदैं अध्यक्ष ठाकुरले भन्नुभयो -“हाम्रो प्राथमिकतामा सरकार होइन, मधेशको मुद्दा हो, तपाइले मधेशको माग पुरा गर्छु भन्नु भएको थियो। बोलि नफेर्नुस माग पूरा गर्नुस अनि मात्र सरकारमा हामि सहभागी हुन्छौ ।” आफूहरुले पटक पटक मधेशको माग उठाएको र हरेक प्रधानमन्त्रीलाई जानकारी गराउँदै आएपनि हालसम्म पुरा नभएको भन्दै ठाकुरले यो वर्तमान सरकारले मधेशको माग पुरा गर्छ कि भनि आफूहरुले विश्वास गरेको भन्नुभएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *