Loading...
सर्लाहीमा जसपा यादब समुह एमालेमा बिलय, सांसद सहित २५ केन्द्रीय नेताले समेत प्रवेश गर्दै

जनता समाजवादी पार्टी (जसपा)को सर्लाहीको जिल्ला कमिटी एमालेमा समाहित हुने भएको छ । जसपा सर्लाहीका अध्यक्ष रामरीखराय यादव र उपाध्यक्ष चन्द्र यादव शनिबार एउटा कार्यक्रकाबीच एमालेमा प्रवेश गरेका छन । उनीहरूलाई एमालेका युवा नेता एवं बागमती प्रदेशका आन्तरिक मामिला एवं कानुनमन्त्री केशवराज पाण्डेले स्वागत गरे । मन्त्री पाण्डेले यादवद्धयलाई एमालेमा स्वागत गर्दै नयाँ पुरानो भनेर विभेद नहुने प्रतिवद्धता जनाउँदै सबैलाई उचित जिम्मेवारी दिएर अघि बढाउने बताए । मन्त्री पाण्डेले नेपाली जनताको सुखी र समृद्ध बन्ने सपना एमालेबाहेक कसैले पूरा गर्न नसक्ने भन्दै सबैलाई एमालेमा गोलबन्द बन्न अपिल पनि गरे ।
जसपा त्यागेर एमाले प्रवेश गरेका अध्यक्ष यादवले एमालेप्रतिको विश्ववासका कारण यस्तो निर्णय लिएको बताए । उनले सिंगो जिल्ला कमिटी र केन्द्रीय कमिटीमा रहेका र केही सांसदसहित २५ भन्दा बढी केन्द्रीय नेतालाई समेत एमाले प्रवेश गराउने बताए । उनले एमालेमा स्वागत गरेकामा मन्त्री पाण्डेलाई धन्यवाद दिए । सो कार्यक्रमा एमालेका नेताहरूको सहभागिता रहेको थियो । एमाले प्रवेश गरेका यादवसहितको टोलीले शुक्रबार एमाले महासचिव इश्वर पोखरेलसँग भेट गरी मन्त्री पाण्डेको हातबाट टीका थापेर गुरू पूर्णिमाको अवसर पारेर एमाले प्रवेश गर्न लागेको जानकारी गराएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *