Loading...
देउवालाई महन्थले भने-मन्त्रि उपेन्द्रलाइ दिनुस हामीलाई रेशम र संबिधान संशोधन चाहियो

१ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न जसपा नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी लगायत बालुवाटार पुगेका थिए । भेटमा नेताहरुले नागरिकता विधेयक नल्याई प्रतिनिधिसभा अधिवेशन अन्त्य गरेकोमा असन्तुष्टि जनाएका छन् । नागरिकता अध्यादेशलाई प्रतिस्थापन गर्ने विधयेक, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न, रेशम चौधरीको रिहाईको प्रक्रिया थाल्न पनि नेताहरुले माग गरेका छन् । संविधान संशोधनका लागि बनेको कार्यदलको बारे पनि ध्यानाकर्षण गराइएको छ ।

जवाफमा प्रधानमन्त्री देउवाले भने छिट्टै मन्त्रिपरिषदलाई पूर्णता दिने र त्यसपछि सबै कामले गति लिने बताएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *