Loading...
उपेन्द्र समूहमा भाँडभैलो, १८ केन्दिय नेताले गरे बिद्रोह, राजकिशोर र रेणुले छुट्टै पार्टी खोल्ने !

जनता समाजवादी पार्टी नेपालका १८ जना केन्द्रीय सदस्यसहित २० जनाले उपेन्द्र यादव समूह छाडेको घोषणा गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गर्दै बिष्णुजंग बस्नेतसहित १८ जना केन्द्रीय सदस्य र दुई जिल्ला सदस्यले जसपाको उपेन्द्र यादव समूह परित्याग गर्ने घोषणा गरेका हुन् । उपेन्द्र यादवले गरेको प्रतिवद्धतालाई लत्याउँदै पार्टीलाई केही व्यक्तिको प्राइभेट लिमिटेडका रूपमा चलाएको आरोप उनीहरूले लगाएका छन् । पत्रकार सम्मेलनमा बोल्दै जसपाका केन्द्रीय सदस्य समेत रहेका भाडावाल सरोकार समाजका अध्यक्ष बिष्णुजंग बस्नेतले बाध्य भएर उपेन्द्र यादवको समूह परित्याग गरेको घोषणा गरे । बस्नेतले संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकता भएपछि अध्यक्ष यादवको रबैया बदलिएको र पार्टीको घोषित रूपमा लिएको पार्टी नीतिलाई उल्लघंन गर्न थालेको आरोप लगाए । ललितपुर जिल्ला अध्यक्ष सनज महतले उपेन्द्र र बाबुरामको पार्टी कब्जा गर्ने रबैयाले अन्ततः पार्टी विभाजनको माग राखेर निर्वाचन आयोगमा निवेदन दिन पुगेको बताए ।

यो भाँडभैलो चलि रहँदा उता आफू माथिको वरियतामा नपरेको भन्दै जसपा नेता राजकिशोर यादब छुट्टै पार्टी खोल्ने तयारी गरेको जानकारी प्राप्त भएको छ । स्रोतका अनुशार राजकिशोर यादबलाइ उपेन्द्र ले २६ औ बरियता क्रममा राखे पछि यादब आक्रोशित बनेका छन् । यस अघि केहि महिना अगाडी पनि सिरहामा भएको कार्यक्रममा राजकिशोर यादबलाइ प्रदेशको मन्त्रि भन्दा तल बक्ता र अतिथिको रुपमा राखे पछि यादब उपेन्द्र संग रुष्ट बनेर कार्यक्रमहरुमा जाने छाडेका थिए । स्रोतका अनुशार यादब संगै रेणु यादब समुह र पछिलो समय सांसद प्रमोद साह संगै उपेन्द्र समूह प्रवेश गरेका सांसदहरु मिलेर छुटटै पार्टी खोले तयारी गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *