Loading...
म जितेपछि राजदेवी मन्दिर र पार्क निर्माणको कार्य तिब्रगतिले अगाडी बढ्छ – अनिल “मिठ्ठा”

जनकपुर धाम स्थित महावीर युवा कमिटीको बर्तमान कार्यसमितिको लागी आउदो भाद्र १२ गते शनिवारका दिन निर्वाचन हुने भएको छ ।
कार्य समितिको अध्यक्ष देखि सदस्यहरु समेत आफ्नालाई भोट माग्न भ्याई नभ्याई भएका छन् । निर्वाचनमा होमिएका उम्मेदवारहरु मध्ये उपाध्यक्ष पदका उम्मेदवार अनिल कुमार साह “मिठ्ठा” को चर्चा निर्वाचित हुनेमा सर्वाधिक रहेको छ । यस भन्दा अगाडी केन्द्रिय कार्यकारिणी सदस्य देखि सचिब सम्म समेत निर्वाचित भै सकेका अनिल कुमार साह “मिठ्ठा” ले आफू निर्वाचित हुनेमा ढुक्क रहेका छन् । संघिय अनलाइन संग कुराकानी गर्ने क्रममा उम्मेदवार “मिठ्ठा” ले भन्नुभयो – “अहिले पनि राजदेवी मन्दिर देखि पार्क सम्मको काम बाकि नै रहेको छ । मन्दिर ठाउँ ठाउँमा जिर्ण छ त्यसैले मन्दिर बनाउनु छ । पार्क समेत ब्यबस्थित छैन म जिते पछि यी सबै काम बाहेक अन्य कामहरु मेरो कार्यकालमा द्रुत गतिले अगाडी बढ्ने छ ।

संघिय अनलाइनले सोधेको एक प्रश्नको जवाफ दिदै उम्मेदवार “मिठ्ठा” ले भन्नुभयो – “यस भन्दा अगाडी कार्यकारिणी पद देखि सचिब पदमा समेत मन र मत दिइ अत्यधिक मतले विजयी बनाई माता राजदेवीको दरवार एवं कमिटीमा सेवा गर्ने अवसर प्रदान गर्नुभएका सम्पूर्ण मतदाताहरुलाई हृदयले हार्दिक आभार प्रकट गर्दै पुन यसपाली उपाध्यक्ष पद क्र सं १ मा मतदान गरिदिनु हुन् अनुरोध गर्दछु।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *