Loading...
४०% सांसद पुर्याएर दर्ता भएको लोकतान्त्रिक समाजबादीलाइ आयोगले दिए दलको मान्यता

निर्वाचन आयोगले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)लाई राजनीतिक दलको मान्यता  दिएको छ । महन्थ ठाकुर नेतृत्वको लोसपाले दलको मान्यता पाएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशको सुविधा प्रयोग गरेर महन्थ ठाकुरले नयाँ दल गठन गरेका हुन् । २० प्रतिशत केन्द्रीय सदस्य संख्या पुर्‍याएर महन्थ ठाकुर पक्षले आफ्नो पक्षमा केन्द्रीय कार्यकारिणी र संसदीय दलका २० प्रतिशतभन्दा बढी सदस्यलाई लिएर लोसपा गठन गरेको छ । जनता समाजवादी पार्टी (जसपा) विभाजन गरी लोसपा दर्ताका लागि नेताहरुले दिएको निवेदनमा पनि निर्वाचन आयोगले बुधबार नै सांसद र केन्द्रीय सदस्यहरुलाई सनाखत गर्न बोलाएको थियो ।   नयाँ दल दर्ताका लागि जसपाका ५१ सदस्यीय कार्यकारिणी समितिका १७ जनाले सनाखत गरेका छन् । यो कुल सदस्य सङ्ख्याको ३३ प्रतिशत हो । राष्ट्रियसभाका तीन र प्रतिनिधिसभाका ३४ गरी ३७ सांसदमध्ये १५ जनाले सनाखत गरेका छन् । यो कुल सदस्य सङ्ख्या ४० प्रतिशत हुन आउछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *