Loading...
एकसाथ २०० बिरामीलाई अक्सिजन दिन मिल्ने अक्सिजन प्लान्ट भारतदवारा नेपाललाइ सहयोग

१० भदौ, काठमाडौं । भारतले नेपाललाई अक्सिजन प्लान्ट सहयोग गरेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सहयोग गरिएको उक्त प्लान्ट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । कोभिड–१९ महामारी विरुद्धको लडाइमा नेपालसँग हातेमालो गर्ने उदेश्यका साथ अक्सिजन प्लान्ट सहयोग गरिएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त अक्सिजन प्लान्टको कूल क्षमता ९६० एलपीएम रहेको छ l प्लान्टको एक साथ २०० जना बिरामीलाई सेवा प्रदान गर्ने क्षमता रहेको विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *