Loading...
सरकारमा गए जसपा फुट्ने डरले सांसदलाइ ढोक्दै, घेरेर बस्यो उपेन्द्र, महन्थ शक्तिशाली बन्दै

जनकपुरधाम- स्थानीय निकायका जनप्रतिनिधिहरुलाई राजनीतिक दल रोज्नका लागि दिइएको समय २ दिन मात्र बाँकी रहँदा जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेताहरु अत्यधिक सक्रिय भएका छन् । दुबै पार्टीको केन्द्रबिन्दू मानिएको प्रदेश २ मा लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गर्ने जनप्रतिनिधिहरुको सङ्ख्या ह्वातै बढेको छ।
पार्टी अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरु चार दिन अघि जनकपुरधाम आएका थिए । उनीहरु आफै आएपछि प्रदेश सभा सदस्य, पालिका अध्यक्ष, उपाध्यक्ष एवम् वडा अध्यक्षहरु सबै महन्त तिर आउन थाले पछि हतार हतार जसपा अध्यक्ष उपेन्द्र यादव समेत विहीबार जनकपुर आई पुगे । तत्कालिन संघिय समाजबादी फोरम नेपाल बाटै जितेका बारा का सांसद गिरीले समेत उपेन्द्रलाई छाडे पछि उपेन्द्र पक्षलाई आफ्नै पक्षलाई जोगाउन हम्मेहम्मे परेको छ । विभिन्न हथखण्डा अपनाउँदा पनि निर्वाचित सांसद तथा प्रतिनिधिहरु उपेन्द्रको साथ् छोड्दै गैरहेका छन् । यति सम्म कि उनीहरु मध्ये कतिले र उपेन्द्र लाइ राणा सासकको संज्ञा समेत दिए । जसपा निकट एक नेताका अनुशार उपेन्द्र पहिलो पटक यति सक्रिय भएका छन् । उहालाई सरकारमा जाउ भने पार्टी फुट्ने मधेस मा सबैले साथ् छाड्न थालेपछि हतपत मधेश झरेका हुन् । उहा माथि मधेशीको भोट बेच्ने नेताको आरोप समेत लाग्ने गरेको छ । मधेश बाट जितेर पहाडि समुदाय लाइ सांसद बनाएपछि उहाको पार्टीमा बेला बेला मा यो बिषयले समेत चर्चा पाउने गरेको छ । आज मात्रै उपेन्द्र महतो लयागत का सांसद ले समेत महन्त लाइ समर्थन गर्दै निर्वाचन आयोग पुगी हस्ताक्षर गरेका छन् । संख्यात्मक रुपमा सांसद जसपा मा धेरै भएपनि पद जाने र मन्त्रि पाउने आशामा केहि सांसद लोभले बसेको हुन् सक्ने जसपाका एक केन्द्रिय सदस्यको दाबी रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *