Loading...
महोतरीमा उपेन्द्रलाइ प्रवेश निषेध, सतप्रतिशत जनप्रतिनिधीहरुले गरे लोसपालाइ समर्थन

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) महोतरी जिल्लामै सबैभन्दा शक्तिशाली पार्टी बनेको छ । महोत्तरीमा जनता समाजवादी नेपाल (जसपा) १५ पालिका मध्ये ७ पालिका प्रमुख र १० उपप्रमुख रहेको थियो । तर जसपाकै ७ पालिका प्रमुख र ९ उपप्रमुख नवगठित लोसपा रोजेपछि महोत्तरीमा जसपा सबैभन्दा कमजोर दल बनेको हो । जसपाका २४७ जनप्रतिनिधि लोसपामा सनाखत गरेका छन् । जिल्ला निर्वाचन कार्यालय जलेश्वर पुगेर जसपाका २४७ जनप्रतिनिधिले लोसपामा सनाखत गरेको निर्वाचन कार्यालय अधिकृत दिवाकुर भुजेलले बताउनु भएको छ ।

जलेश्वर नगरपालिका, भंगहा नगरपालिका, मठिहानी नगरपालिका, मनरासिसवा नगरपालिका, महोत्तरी गाउँपालिका र एकडाडा गाउँपालिकाका प्रमुख तथा उपप्रमुखले लोसपा रोजेका छन्। यस्तै औरही नगरपालिका, बलवा नगरपालिका र पिपरा गाउँपालिका उपप्रमुख पनि लोसपामै खुलेका छन् भने एक मात्र सोनमा गाउँपालिका प्रमुख र उपप्रमुख जसपामै बसेका हुन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *