Loading...
बिरगंजमा झण्डातोलन कार्यक्रम गर्दै लोसपाले भन्यो मुद्धा सम्बोधन नभए सम्म चैनले नबस्ने

मधेशवादि दल जनता समाजवादि पार्टि भित्र आन्त्रिक विवाद भएपछि पार्टि दुई ठाउँमा विभाजन भएको छ । महन्थ ठाकुर पक्षधरले लोक्तान्त्रिक समाजवादी पार्टी नेपाल नामाकरण गरी एक समारोहको बिच झण्डातोलन कार्यक्रम सम्पन्न गरेका छन् । महन्थ ठाकुर राजेन्द्र महतो लगायतले दर्ता गरेको यी पार्टिमा आबद्ध पर्सा क्षेत्र नं.२ को बाट निर्वाचित २ नम्बर प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मीको निवासमा पार्टि कार्यालय सञ्चालन गरी पार्टिको झण्डा स्थापीत गरीएको छ । लोकतान्त्रि समाजवादि पार्टि नेपालले मधेशका मुद्दा र, माँगहरु नियन्त्रण जारी रहेको र मधेशका सम्पूर्ण माँगहरु पुरा नहुनुजेल सम्म सरकार समक्ष बुन्दागत माँगहरु पुरा गराएर छाँड्ने प्रदेश
सभासद रमेश प्रसाद कुर्मीले मन्तव्यको क्रममा बताउनु भएको थियो । झण्डा तोलन कार्यक्रममा आएका पार्टिका कार्यकर्ता तथा आमन्त्रीत अगुवाहरु को भेलाले नयाँ पार्टि कार्यालय स्वागत योग्य भएको बताएका छन् । साथै आउने निर्वाचनमा एक जुट भएर पर्साको विभिन्न क्षेत्रहरुमा वर्चस्व कायम गरी चुनाव जितनु पर्ने आमन्त्रीत पार्टिका नेताहरु ले आफनो भाषण को क्रममा सम्बोधन गर्नु भएको थियो । आज भएको झण्डा तोलन कार्यक्रममा प्रदेश सभासद रमेश प्रसाद कुर्मी, केन्दि«य सदस्य निजामउद्दीन समानी, पुरुषोत्तम झा,
पार्टि नेता रहमतुल्ला खान, रम्भा मिश्रा, मुन्नी श्रीवास्तव, माल्ती कुशुवाहा, उषा श्रीवास्तव, जटाशंकर लगायत सयौँ कार्यकर्ताहरु को उपस्थिती रहेको थियो । कार्यक्रममा आएका सञ्चारकर्मी नेपाल टेलिभिजनका नेहाल खान, आकाश एफ.एम का आशिक अन्सारी, अर्थ न्युज का राजन रौनीयार, जगत राई दिपक चौरसीया लगायत का सञ्चारकर्मीहरु लाई दोसल्ला ओढाई पार्टि का दस्ताबेज पुस्तक दिई प्रदेश सभासद रमेश प्रसाद कुर्मीले सम्मान गर्नु भएको उहाँका स्वकीय सचीव शेख फिरोज ले जानकारी दिनु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *