Loading...
मन्त्रीको लोभमा सांसद ताने, अहिले घाडो पो भयो ! पार्टी फुटाउन लडाकुहरु तैनाथ छन्  – उपेन्द्र

मन्त्रिपरिषद विस्तार गर्न बसेको सत्ता साझेदार पाँच दलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न बैठकमा सरकार विस्तारबारे छलफल भएपनि ठोस सहमति जुट्न नसक्दा मन्त्रिपरिषद विस्तार अझै केही दिन नहुने भएको छ ।  प्रधानमन्त्री शेर बहादुर देउवा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल “प्रचण्ड” एकीकृत समाजबादीका अध्यक्ष माधब नेपाल र जनता समाज बादी पार्टीका अध्यक्ष उपेन्द्र यादब समेत सहभागी भएको बैठक बिना निष्कर्ष टुङ्गिएको छ। स्रोतका अनुशार जसपा अध्यक्ष यादबले बैठकमा प्रधानमन्त्री देउवा समक्ष अध्यादेश फिर्ता नभए सम्ममा सरकारमा सहभागी नहुने बताउनु भएको छ। उहाले सरकारमा सहभागी भए तत्काल आफ्नो पार्टी फुट्ने बताउनु भएको छ। यस अघि लोकतान्त्रिक समाजबादी पार्टीका अध्यक्ष महन्थ ठाकुर संगको टकरावमा यादबले आफ्नो पक्ष बलियो देखाउन मन्त्रि बनाइ दिने लोभमा सांसदहरु तानेका थिए। जसपा स्रोतका अनुशार यादब आफै सरकारमा सहभागी हुन् चाहेका छन्। जसपाले देउवा सरकारमा बढिमा ६ मन्त्रालय पाउछन । यादबले अध्यादेश फिर्ता नहुँदा सम्म सरकारमा सहभागी नहुने अडान देउवा समक्ष दोह्राएका छन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *