Loading...
अध्यादेश फिर्ता नभई सरकारमा सहभागी हुँदा जसपा ३ टुक्रा हुन्छ, बरु सरकारमा नजाने – उपेन्द्र

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा नजाने बताएका छन् । राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नहुँदा सम्म मन्त्री नपठाउने यादबले बताएका छन् ।
यो अध्यादेश खारेज नगरे बहुदलीय व्यवस्थालाई नै खारेज हुने उनको भनाइ छ । अध्यक्ष यादबले यो अध्यादेश आजै खारेज गर्ने कि भोलि प्रधानमन्त्रीले भन्नुहोला । यो खारेज हुन्छ अनि बल्ल सरकार मा जाने बताउनु भएको छ। जसपा मा आफ्नो तर्फ धेरै सांसद रहेको देखाउन यादबले तत्कालिन जसपाका अध्यक्ष महन्थ ठाकुर तिरका धेरै सांसद लाइ मन्त्रि बनाइ दिने लोभ ले तानेका थिए। तर जसपाले पाउने जम्मा मन्त्रि संख्या ६ रहेको छ। अहिले मन्त्रि कै कारण रेणु यादब, राज किशोर यादब, र प्रमोद साह लगायतले पार्टी फुटाउन सक्ने उपेन्द्र यादबको अनुमान रहेको छ। केन्द्रीय समिति र संसदीय दल मध्य एकमा २० प्रतिशत भए दल फुटाउन पाउने प्रावधान कायमै राखेर सरकारमा जाँदा जसपा विभाजन हुने यादवको चिन्ता छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *