Loading...
दिपकले अध्यक्षको उम्मेद्वारी दिने घोषणा गरेपछि कांग्रेस वडा ८ मा खैलाबैला, जित सुनिश्चित

जनकपुरधाम, अशोज ५ गते । जनकपुरका चर्चित लोकप्रिय सामाजिक युवा अभियन्ता दिपक ठाकुरले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ को सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । ठाकुरले भने समाजको सेवाप्रति युवाहरुको भूमिकाविहीन अवस्थामा नै उतरदायी भई काम गर्दै आएकोले नेतृत्व पाएको खण्डमा समाजिक विकासमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।

ठाकुर वडाको विकासका लागि सरसफाईदेखि बाटोघाटोमा करीब ७-८ वर्षदेखि अभियानकै रुपमा कार्य गर्दै आएको अभियन्ता हुन् । वडामा सरसफाईका लागि संस्थागत रुपमा टोल सुधार समिति गठन गरी कार्य अघि बढाएर चर्चामा आएका अभियन्ता ठाकुरले ज्यानको परवाह नगरी व्यक्तिगत र संस्थागत रुपमा कोरोना महामारीका बेला वडावासी मात्र होइन धनुषा जिल्लाकै जनताका लागि २४ औं घण्टा दिनरात खटेर समाजिक दायित्व निर्वाह गरिसकेको बताउँछन् ।

कोभिड महामारीका बेला जनकपुरधाम लगायतका क्षेत्रमा सक्रिय भएर सहयोग गर्दै पिडितहरुलाई राहत वितरण तथा सहयोगका कार्यहरु गरेकोमा कोभिड हिरोको अवार्डबाट समेत आफू सम्मानित समेत भइसके जानकारी गराए । पार्टीका वातावरण, जलवायु परिवर्तन तथा विपत व्यवस्थापन विषयगत समितिका विज्ञ समेत रहको अभियन्ता ठाकुरले देशले बर्षौदेखि युवाको नेतृत्व नपाएकाले उल्लेख्य रुपमा देशको विकास र समृद्धिमा योगदान पुग्न नसकेकोले अबको नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताए ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *