Loading...
चन्दा संकलन गरेर देउवा सरकारलाइ ५५ अर्ब दिन्छौ तर एमसीसी पास हुन् दिदैनौ – यादब

लोकतान्त्रिक समाजबादी पार्टी (लोसपा) नेपालका चर्चित युवा नेता संजय यादबले कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने बताउनु भएको छ। संघिय अनलाइन संग कुराकानी गर्ने क्रम मा उहाँले सो कुरा बताउनु भएको हो। एमसीसी पास गर्दा राज्यलाइ अनुदान आउछ नि ? भन्ने प्रश्नको जवाफ दिदैं नेता यादबले भन्नु भयो – जम्मा ५९ अर्बको लागि यी नेताहरुले देशलाइ बर्बाद गर्न पाउँछ ? देश के यिनीहरुको मात्रै हो ? त्यति नै रकम चाहिएको छ भने ५९ अर्ब त के एनसीएल संग २ खर्ब उठाए हुदैन ? आक्रोशित नेता यादबले देउवालाइ सरकार चलाउन गाह्रो भए नेपाली जनता संग रकम सहयोग माग्न समेत सुझाब दिनु भएको छ। उहाँले भन्नु भयो – देउवा सरकार संचालनका लागि होस् कि देश चलाउनका लागि नेपाली जनता संग सरकारले मागोस हामी घर घरबाट चन्दा संकलन गरेर सरकार लाइ दिन्छौ तर एम सी सी पास गर्न दिदैनौ। एम सी सी नेपाली जनतालाइ चाहिएको छैन। उहाँले देउवा सरकारले एमसीसी बाट ब्याक नभए देश ब्यापी रुपमा बिरोध र आन्दोलन चर्काउने चेतावनी समेत दिनु भएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *